Tuesday, April 28सत्यम खबर
Shadow

अपडेटः देशभर ८ सय ९९ जना कोरोना संक्रमित

काठमाण्डौ, २७ मंसिर – पछिल्लो २४ घण्टामा देशभर थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
शनिबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना पुष्टि भएको हो ।


यो सहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ३ सय ५९ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ३४ हजार २ सय ३१ पुगेको छ ।
त्यस्तै, यसको संक्रमणबाट थप १५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ८९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *