
नेपालगन्ज, २७ मंसिर – कोरोना संक्रमणका कारण थप एक जना नारायण नगरपालिका–९ दैलेख निवासी ३८ वर्षिय महिलाको मृत्यु भएको छ ।
मृतकको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा शनिबार दिउँसो १ः३० बजे मृत्यु भएको छ ।
मृतकमा कोभिड–१९ को लक्षणका कारण मंसिर ५ गते जिल्ला अस्पताल दैलेखमा स्वाग परिक्षण गरिएको र सोही दिन नै नमूनाको परिक्षणमा कोभिड–१९ पोजेटिभ देखिएको थियो ।

मृतकको स्वास्थ्यमा समस्या देखिपछि जिल्ला अस्पताल दैलेखबाट मंसिर ७ गते भेरी अस्पताल नेपालगंजमा भर्ना गरि एन्टीवाईटिक, रेडमिडिसर, बिटसी लगायत स्पोर्टिङ्ग विधिबाट उपचार गर्दागर्दै आज शनिबार दिउँसो १ः३० बजे मृृत्यु भएको भेरी अस्पताल स्रोतबाट जानकारी गराईएको छ ।
शव व्यवस्थापनको लागि बाँके जिल्ला प्रमुख मार्फत समन्वय भईरहेको बाँके फोकल पर्सन तेज वलीद्वारा जारी विवरणमा उल्लेख गरिएको छ ।
यो सँगै बाहिर जिल्लाबाट बाँके जिल्लामा कोभिड–१९ संक्रमितहरुको मृत्यु हुने संख्या ६७ पुगेको छ ।
