
नेपालगन्ज, २७ मंसिर – बाँकेमा आज शनिवार २६ जना कोरोना संक्रमितहरु डिस्चार्ज घर फर्किने भएका छन् ।
बिभिन्न आइसोलेशनमा बसेका ११ महिला र १५ पुरुष गरी जम्मा २६ जना कोरोना संक्रमितहरु स्वास्थ्य भई डिस्चार्ज हुने भएका छन् ।
पौष १७ गते कोरोना संक्रमित भई १० दिने आईसोलेशनमा बसी आज शनिबार संक्रमण मुक्त भई डिस्चार्ज हुने भएका छन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेहरुको संख्या ३ हजार ९ सय ३६ पुगेको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन तेज वलीले जनाउनु भएको छ ।
हालसम्म बाँकेमा ४ हजार १ सय ४५ जनामा कोभिड–१९ कोरोना संक्रमण देखिएको छ भने कोरोनाका कारण बाँकेका ४० जनाको मृत्युु भइसकेको जनाइएको छ । हाल विभिन्न आईसोलुसनमा १ सय ६९ जना कोरोना संक्रमितहरु उपचाररत रहेको फोकल पर्सन वलीले बताउनुभयो ।
