Thursday, September 25सत्यम खबर
Shadow

“चाची जी” को बिहान १० बजे सिधनियाघाटमा अन्त्येष्टी गरिने

नेपालगन्ज, २७ मंसिर – बाँकेका बरिष्ठ पत्रकार स्वर्गीय पन्नालाल गुप्त ‘चाचा’ की धर्मपत्नी कमलादेवी गुप्ताको शुक्रबार बिहान निधन भएकोछ ।
अवधि पत्रकार संघ नेपालका केन्द्रिय संस्थापक सल्लाहकार समेत रहेका प्रेस स्वतन्त्रता सेनानी एवम् बाँकेका वरिष्ठ पत्रकार स्वर्गीय पन्नालालकी धर्मपत्नी कमलादेवीको शुक्रबार बिहान ५ बजे ८४ वर्षको उमेरमा निधन भएको हो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८, निवासी कमलादेवी केहीसमय अघि मस्तिष्कघात समस्याले बिरामी भएकी थिइन् ।


नेपालगन्ज उपमहानगरापालिकाका पूर्व मेयर समेत रहेका कमलादेवीका छोरा विजयकुमार गुप्तका अनुसार उनको धार्मिक विधिपुर्वक शनिबार बिहान १० बजे बाँकेको कम्दीस्थित सिधनियाघाटमा अन्त्येष्टी गरिनेछ ।
अवधि पत्रकार संघ नेपाल बाँकेका संस्थापक सल्लाहकार स्वर्गीय पन्नालाल गुप्त ‘चाचा जी’ की धर्मपत्नी कमलादेवीको निधनप्रति अवधि पत्रकार संघ नेपाल बाँके शाखाले शोक बक्तब्य जारी गर्दै दुःख प्रकट गरेकोछ ।
‘दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै अवधि पत्रकार संघ नेपाल बाँके शाखा भावपुर्ण श्रद्धाञ्जली ब्यक्त गर्दछ । साथै शोक सन्तप्त परिवारजनप्रति धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भनि हार्दिक समवेदना प्रकट गर्दछौं ।’ अवधि पत्रकार संघ नेपाल बाँके शाखा अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीद्वारा जारी उक्त शोक बक्तब्यमा उल्लेख गरिएकोछ ।
यसैगरी, स्वर्गीय पन्नालाल गुप्त ‘चाचा जी’ की धर्मपत्नी कमलादेवीको निधनप्रति नेपाल प्रेस युनियन बाँके शाखाले शोक बक्तब्य जारी गर्दै दुःख प्रकट गरेकोछ ।
‘दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै युनियन बाँके भावपुर्ण श्रद्धाञ्जली ब्यक्त गर्दछ । साथै शोक सन्तप्त परिवारजनप्रति धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भनि हार्दिक समवेदना प्रकट गर्दछौं ।’ युनियन बाँकेका सचिव विजय मल्लद्वारा जारी उक्त शोक बक्तब्यमा भनिएकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *