
काठमाडौं, २४ मंसिर – पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ५६ जनामा कोरोना पुष्टि भएको छ ।

यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १४८३ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ३० हजार ५ सय ३७ पुगेको छ ।
त्यस्तै, यसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ५१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार २ सय ८६ जनाको पिसिआर गरिएको छ ।
