
काठमाडौं, २३ मंसिर – पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ३ सय ८२ जना कोरोना संक्रमित भेटिएका छन् ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४३ हजार ३ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सोमबार थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
पछिल्लो २४ घण्टामा ८ हजार ९४७ जनाको पिसिआर परीक्षण भएको छ । नेपालमा हालसम्म १७ लाख ९९ हजार ६ सय ८६ जनाको पिसिआर परीक्षण भएको छ ।
हाल क्वारेन्टाइनमा ५ सय २३ रहेको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कुल संक्रमितमध्ये १२ हजार ६८६ जना सक्रिय संक्रमित छन् ।
आज १ हजार ६ सय २१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख २९ हजार ५४ पुगेको छ ।
