Friday, November 22सत्यम खबर
Shadow

अपडेटः कोरोना संक्रमणले कञ्चनपुरका ७३ वर्षिय पुरुषको बाँकेमा मृत्यु

नेपालगन्ज, २२ मंसिर – कोरोना संक्रमणका कारण थप एक जना शुक्लाफाँटा–५ कञ्चपुर निवासी ७३ वर्षिय पुरुषको मृत्यु भएको छ ।
मृतकको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा सोमबार बिहान १ः४५ बजे मृत्यु भएको छ ।


मृतकमा कोभिड–१९ को लक्षणका कारण मंसिर १२ गते सेती अस्पतालमा स्वाग परिक्षण गरिएको र मंसिर १३ गते नै नमूनाको परिक्षणमा कोभिड–१९ पोजेटिभ देखिएको थियो ।
मृतकको स्वास्थ्यमा समस्या आए पछि मंसिर १५ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरि रेडमिडिसर, अक्सेगेन लगायत स्पोर्टिङ्ग विधिबाट उपचार गर्दागर्दै आज सोमबार बिहान १ः४५ बजे मृृत्यु भएको अस्पताल स्रोतबाट जानकारी गराईएको छ ।
शव व्यवस्थापनको लागि बाँके जिल्ला प्रमुख मार्फत समन्वय भईरहेको छ । यो सँगै बाहिर जिल्लाबाट बाँके जिल्लामा कोभिड–१९ संक्रमितहरुको मृत्यु हुने संख्या ६३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *