काठमाडौं, २१ मंसिर – देशभर आईतबार थप १ हजार ९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना पुष्टि भएको छ । यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ४० हजार ९ सय ८१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५२ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५४ हजार ८ सय ५ पुगेको छ ।
त्यस्तै, यसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ९४ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ५ सय ८२ रहेको छ । निको हुनेको संख्या ९३.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार बढीको पिसिआर परीक्षण भएको छ । हालसम्म १७ लाख ८४ हजार बढीको पिसिआर परीक्षण भएको छ ।