Thursday, November 21सत्यम खबर
Shadow

बाल विवाह रोकथाम सम्बन्धि सडक नाटक

बाँके,१० असोज । समाजमा भईरहेको बढदो बाल बिवाह न्युनीकरणका लागि जानकी गाउँपालिकामा बाल विवाह रोकथाम सम्बन्धि सडक नाटक गरिएको छ । बिदालयका बिद्यार्थीहरुले आ आफना टोल समुदायमा बाल बिवाह बिरुद्ध चेतना फैलाउन सक्ने उद्धेश्यले बिद्यालय स्तरीय सडक नाटक गरिएको हो ।
त्रिवेणी विकास समाज, कोहलपुर बाँके र संस्थागत विकास संजाल ललितपुरको साझेदारी गाउँपालिकाको वडा नं ३, ४ र ६ अन्तर्गत संचालित “सर्वाङ्गिण विकासका लागि महिला तथा बालिकाहरुको सशक्तिकरण परियोजना ” द्धारा गठित बाल अधिकार चेतना क्लबद्धारा सडक नाटक प्रर्दशन गरिएको हो ।
ने.रा.मा.वि. भाटनपुर, गनापुरको प्राङ्गणमा बाल विवाह अन्त्य गर्नुपर्छ भन्ने शिर्षकमो भव्यताका साथ नाटक प्रस्तुत गरेका त्रिवेणी विकास समाजका प्रतिनिधि मिश्रीलाल यादवले बताए । कक्षा ८, ९ र १० मा अध्ययनरत बालबालिकाहरु आवद्ध रहेको सो क्लबले नाटक प्रस्तुतिकरणका लागि त्रिवेणी विकास समाजले सहजिकरण गरेको हो ।

एक औपचारिक कार्यक्रमको आयोजना गरि प्रस्तुत गरिएको नाटक कार्यक्रमको अध्यक्षता सोहि विद्यालयका प्रधानाध्यापक आयोध्या प्रसाद यादवले गरेका थिए भने नाटकमा त्रिवेणी विकास समाजका परियोजना अधिकृत पतिराम थारु, सामाजिक परिचालक खुमा महरा तथा विद्यायका शिक्षकहरु गरी करीब ३७० जनाको उपस्थिति रहेको थियो ।
नाटकमा समुदायमा छोरा छोरी माथिको भेदभाव, बाल विवाह, दाईजो प्रथा, बाल विवाहबाट पर्ने शारिरिक, मानसिक, सामाजिक असर तथा बाल विवाह रोकथामका लागि विद्यालय, शिक्षक, अभिभावक, स्थानीय निकाय, धार्मिक अगुवा, सेवा प्रदायक संघ—संस्थाहरु, स्वास्थय संस्था, प्रहरी प्रशासन आदिले महत्वपुर्ण भुमिका खेल्नुपर्ने कुरामा जोड दिइएको थियो ।

नाटकमा निलु भाँट, शिव शंकर पाल, सरस्वती कलवार, कृष्ण हरिजन, श्वेता यादव, कृष्ण सोनखर, संजुला यादव, सहालम खाँ, अर्जुन मौर्य, अजय पाल, अर्जुन यादव, शिव कुमार यादव, राहुल तिवारी, रोहित भाँट, सुमित्रा हरिजन, जमुना भाँट, सुफिया टेली, प्रिति हरिजन, पुष्पा घरुक लगायतले अभिनय गरैका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *