Thursday, May 28सत्यम खबर
Shadow

अपडेटः बाँकेमा आईतबार ३ महिलासहित १५ जना संक्रमित

नेपालगन्ज, ७ मंसिर – बाँके जिल्लामा रहेको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आईतबार १५ जना कोरोना भाईरसका संक्रमितहरु रहेको पुष्टि भएको छ ।
जिल्लाका तिन वटा प्रयोगशालामा गरिएको परिक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । केन्द्रका अनुसार आईतबार बाँके कै प्रयोगशालामा गरिएको परिक्षणमा अन्य जिल्लाका ९ जनामा समेत कोरोना संक्रमित देखिएको छन् ।


केन्द्रका अनुसार भेरी अस्पताल नेपालगन्जको ल्याबमा गरिएको परिक्षणमा जिल्ला भित्रका ४ र जिल्ला बाहिरका ५, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ल्याबमा गरिएको परिक्षणमा जिल्ला भित्रका १० र जिल्ला बाहिरका ३ तथा बागेश्वरी पोलिक्लिनिक प्रालि. को ल्याबमा गरिएको परिक्षणमा जिल्ला भित्रका १ र जिल्ला बाहिरका १ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै बाँकेमा हालसम्म ३ हजार ७ सय ११ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेद्वारा जारी विवरणमा उल्लेख गरिएको छ ।


यसअघि आजै कोरोना संक्रमण मुक्त हुँदै बाँकेबाट ३१ जना डिस्चार्ज भएका थिए । बिभिन्न आईसोलेशन सेन्टरमा बस्दै आएका १६ महिला र १५ पुरुषलाई आईतबार बिहान डिस्चार्ज गरिएको बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो ।
बाँकेमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ हजार ५ सय ४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *