
आकाश गुप्ता
नेपालगन्ज, ४ कार्तिक – शनिवार कसौधन वैश्य समाज युवा मञ्च एवम् महिला मञ्चद्वारा क्षेत्रीय रक्त सञ्चार केन्द्र भेरी अस्पतालमा आयोजना गरिएको रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको छ ।
वैश्य समाज युवा मञ्चका सदस्य सुजीतकुमार कसौधन (भोलू) को संयोजकतामा ५५ जनाले रक्तदान गर्नु भएको छ । जस मध्ये ५ जना महिलाहरु समेतको सहभागिता रहेको थियो ।
रक्तदान जीवन दान भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रम सम्पन्न गरी ब्लड संकलन गरेर क्षेत्रीय रक्त सञ्चार केन्द्र भेरी अस्पताललाई हस्तान्तरण गरिएको जानकारी वैश्य समाज युवा मञ्चका अध्यक्ष सञ्जयकुमार वैश्यले दिनु भयो ।
बढ्दो रक्तको अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भने सोचका साथ आयोजना गरिएको उक्त कार्यक्रममा कसौधन वैश्य समाज बाँकेका कार्यसमिति समेतको सहभागिता रहेको थियो ।
यस अघि पनि वैश्य समाजद्वारा विभिन्न सामाजिक कार्यहरु गर्ने गरिएको थियो र भविष्यमा समेत सामाजिक कार्यलाई निरन्तरता दिई रहने वैश्य समाजले जनाएको छ ।