Friday, March 14सत्यम खबर
Shadow

स्थापना दिवसमा १५ जनाले गरे रक्तदान

नेपालगन्ज, १९ भाद्र – ६२औं नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवस –२०८१ को अवसरमा “मानवतालाई जीवित राखौं” नाराका साथ नेपाल रेडक्रस सोसाइटी बाँके बगिया उपशाखाले रक्तदान कार्यक्रमको आयोजनामा गरेको थियो ।

आयोजित रक्तदान कार्यक्रममा सबिन खनाल, सिद्धार्थ खत्री, दिवाकर भट्टराई, प्रतिभा न्यौपाने, सीता खनाल, रमेश खत्री, यमकला सुवेदी, बिमल जायसवाल, प्रदीप वर्मा, काशीराम चौधरी, समसाद अली, मदनराज ढकाल, दलु बिक, योगेश चौधरी, एडी सिंह परियार लगायतले १५ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा बाँकेबगिया उपशाखाका सभापति बिष्णु प्रसाद सुवेदी, उपशाखाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *