Friday, March 21सत्यम खबर
Shadow

सयको नोटमा चुच्चे नक्साबारे भारतको असन्तुष्टि

काठमाण्डौ, २३ बैशाख – नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा राख्ने निर्णय गरेपछि भारतका विदेशमन्त्री एस जयशंकरले असन्तुष्टि व्यक्त गरेका छन् । ।

भारतीय मिडियाहरूका अनुसार विदेशमन्त्री जयशङ्करले सीमा विवादको विषयमा वार्ता गरिरहेको बेलामा एकपक्षीय रूपमा प्रक्रिया अगाडि बढाएर धरातलीय यथार्थ परिवर्तन नहुने टिप्पणी गरेका छन् ।

इण्डियन एक्सप्रेसले जयशङ्करलाई उदृत गर्दै लेखेको छ– ‘मैले त्यो रिपोर्ट देखेँ । यसलाई मैले विस्तृत रूपमा हेरिनँ । मलाई लाग्छ हाम्रो अडान धेरै प्रष्ट छ । नेपालसँग हाम्रो सीमाबारेमा हामी स्थापित मान्यताअनुसार कुरा गरिरहेका छौँ । यसको बीचमा एकतर्फी रूपमा केही प्रक्रिया अघि बढाएका छन् । तर, उनीहरूको तर्फबाट गरिने कामले हामीबीचको धरातलको यथार्थ र हामीबीचको अवस्थालाई परिवर्तन गर्दैन ।’

गत विहीबार बसेको मन्त्रिपरिषद बैठकले एक सय रुपैयाँको नोटमा चुच्चे नक्साको तस्बिर राख्ने निर्णय गरको थियो ।

२०७७ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायतका भूभाग समेटिएको राजनीतिक तथा प्रशासनिक नयाँ नक्सा जारी गरेको थियो । खबरहब

Leave a Reply

Your email address will not be published. Required fields are marked *