Saturday, November 23सत्यम खबर
Shadow

भारतमा लोकसभा निर्वाचन, २१ राज्यमा १०२ सिटका लागि मतदान

काठमाण्डौ, ८ बैशाख – भारतका २१ राज्यका १०२ सिटमा आज लोकसभा निर्वाचनको मतदान सुरु भएको छ।

पहिलो चरणमा अरुणाचल प्रदेश, असम, बिहार, छत्तीसगढ, मध्य प्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नगालैंड, राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश, उत्तराखंड, पश्चिम बंगाल, अंडमान निकोबार, जम्मू र कश्मीर, लक्षद्वीप, पुद्दुचेरीमा मतदान सुरु भएको छ।

निर्वाचन आयोगले पहिलोपटक ज्येष्ठ नागरिक र अपांगता भएका नागरिकलाई घरमै बसेर मतदान गर्ने अधिकार दिएको छ। केही सातादेखि निर्वाचन आयोगका अधिकारीले वृद्धवृद्धा र अपांगता भएका व्यक्तिका घर–घरमा पुगेर मतपत्र संकलन गरेका थिए। भारतमा ८५ देखि ९९ वर्ष उमेर समूहका ८२ लाख मतदाता छन्।

निर्वाचनअन्तर्गत उत्तराखण्डमा सुरक्षित निर्वाचन सुनिश्चित गर्न हेलिकप्टरको प्रबन्ध गरिएको छ । उत्तराखण्डका अतिरिक्त मुख्य निर्वाचन अधिकारी विजयकुमार जोगदण्डेले सबै पाँच लोकसभा स्थानका लागि हुने निर्वाचनको मतदान केन्द्रमा भइरहेका तयारीबारे जानकारी दिँदै आपत्कालीन सेवाका लागि दुईवटा हेलिकप्टरको व्यवस्था गरिएको जनाए। नेपाल पाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *