Monday, May 4सत्यम खबर
Shadow

चीनमा कार्गो जहाजले पुल भत्काउँदा दुई जनाको मृत्यु

काठमाण्डौ, १२ फागुन – चिनियाँ सहर क्वाङचौमा एक कार्गो जहाजले पुल भत्काउँदा दुई जनाको ज्यान गएको छ । पुलमा गुडिरहेका पाँच वटा सवारी साधन नदीमा खसेको छ। एक जना घाइते भएका छन्।

यसरी खस्नेमा एउटा सार्वजनिक बस पनि रहेको बताइएको छ। यो दुर्घटनामा दुई जनाको ज्यान गएको छ। तीन जना अझै हराइरहेको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

बिहीबार भएको दुर्घटनामा पुलको एउटा हिस्सा भाँचिएको देखिन्छ। स्थानीय समयअनुसार यो घटना बिहान साढे ५ बजे भएको हो। जहाजका क्याप्टेनलाई पक्राउ गरिएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् । खबरहब

Leave a Reply

Your email address will not be published. Required fields are marked *