
नेपालगन्ज, ९ फागुन – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ ले विकास निर्माणका कार्यलाई तिब्रता दिंदै आज श्रीनगर टोलमा ३० लाख बराबरको नालासहित सडक बाटोको शिलान्यास गरेको छ ।

सोमबार मात्रै कारकाँदौं बाईपास रोड खानेपानी ट्यांन्की भगवती टोलको भित्री सडक निर्माणका लागि टोलबासीको उपस्थितिमा शिलान्यास गरेका सडकबाटो आज बुधबार श्रीनगर टोलको शिलान्यास गर्दा वडाध्यक्ष दिपककुमार बर्माले ‘वडा नं. १८ पहिलेको ठूलो गाविस रहेको हुँदा धेरै स्थानमा बाटो, सडक, नाला निर्माण गर्नु भएको भएको तथा वडाबासीहरुले मलाई दिएको विश्वास मतलाई सम्मान गर्दै आउने दिनमा वडा भित्र छुटेका विकास निर्माणका कार्यहरुको शिलान्यास गर्ने एवम् बजेट नभएको स्थानमा संघ, प्रदेश सरकारबाट थप बजेट मांग गर्ने’ बताउनुभयो ।

लुम्बिनी प्रदेश सरकारको रु. ३० लाख बजेटबाट निर्माण हुन लागेको उक्त सडकको मापदण्ड करीब ३ सय ९० मिटर रहेको छ भने ६ मिटर नालासहित सडक बन्ने योजना भएको टोलबासीहरुले जानकारी गराएका छन् ।

अध्यक्ष बर्माको भनाई अनुसार यस चालू आर्थिक वर्षमामा वडाको विभिन्न टोलमा सडक स्तर उन्नतिको कार्यलाई तिब्रता दिनुको साथै शिलान्यास भइसकेका स्थानहरुमा अनुगमन गर्ने कार्यहरु समेत भईरहेको जानकारी गराउनुका साथै थप अन्य शिलान्यास गर्न बाँकी आधा दर्जनभन्दा बढी सडकहरुको छिट्टै शिलान्यास गर्ने बताउनुभयो ।

