काठमाण्डौ, १६ माघ – पाकिस्तानको क्वेटा क्षेत्रमा भएको विस्फोटमा एक ट्राफिक प्रहरी र तीन बालबालिकासहित नौ जना घाइते भएका छन्।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अपरेशन जवाद तारिकले डन न्यूजलाई घाइतेको संख्या पुष्टि गरे। उनले उक्त पत्रिकालाई विस्फोटक पदार्थ फोहोरको थुप्रोमा राखिएको बताएका छन्।
बालबालिकाले फोहोर फाल्ने क्रममा विष्फोट भएको उनले बताए। विस्फोटक पदार्थ के हो भन्ने अझै खुल्न सकेको छैन। ‘विस्फोट सुरक्षा कमजोरी थिएन,’ उनले भने, ‘निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा बनाइएको छ।’ नेपालपाना