Saturday, April 18सत्यम खबर
Shadow

मतदाता माझ उत्रिए साझाका अध्यक्ष राैनियार

नेपालगन्ज, २० श्रावण – नेपालगन्ज उद्याेग वाणिज्य संघकाे नयाँ नेतृत्वकाे लागि लागि चुनावी मैदानमा उत्रिएकाे साझा प्रजातान्त्रिक उद्याेगी व्यवसायी समूहले बैजनाथ गाउँपालिकामा मतदाताहरूसँग भेटघाट गरेकाे छ ।
बैजनाथ अन्तर्गतका चादनी, सम्झना, जी गाउँ, चिसापानी क्षेत्रका व्यवसायीसँगकाे भेटघाटमा काेहलपुर क्षेत्रका उद्याेगी व्यवसायीहरूले समेत प्रजातान्त्रिक समूहलाई सहयाेगकाे लागि अपिल गरेका छन् । ललित राैनियार नेतृत्वकाे समूहलाई सहयाेगका लागि काेहलपुर क्षेत्रका प्रतिष्ठित व्वसायी लक्ष्मणराज पाैडेल, चण्डी गैरे, शरद रेग्मी, मातृका सापकाेटा लगायतका उद्याेगी व्यवसायीहरूले मतदाताहरूलाई सहयाेगकाे लागि अपिल गरेका छन् ।
मतदाता भेटघाटकाे क्रममा आफूहरूका साझा समस्या समाधान र व्यवसायिक हक हित सुनिश्चितताका लागि लाेकतान्त्रिक समूहलाई सहयाेग गर्ने बैजनाथ क्षेत्रका व्यवसायीहरूकाे धारणा आएकाले उत्साहित बनेकाे अध्यक्ष पदका उम्मेद्वार राैनियारले बताए । हाम्राे समूहलाई सहयाेग गर्न काेहलपुर क्षेत्रका प्रतिष्ठित उद्याेगी व्यवसायीहरू स्वत:स्फूर्त रूपमा घरदैलाे तथा मतदाता भेटघाटमा सरिक भएपछि हाम्राे समूहकाे जीत सुनिश्चित हुनेमा हामी विश्वस्त छाै, महासचिव पदका उमेद्वार टंक प्रसाद शर्मा बताउँछन् । पछिल्लाे समय लाेकतान्त्रिक समूहले मतदाता भेटघाट तथा घरदैलाे अभियानलाई तिब्र पारिरहेकाे छ ।
आगामी भदौ २ गते हुने नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि समुहको तर्फबाट ललितकुमार रौनियारको नेतृत्वमा १९ सदस्यीय प्यानल चुनावी मैदानमा उत्रिएकाे छ । प्यानलको तर्फबाट अध्यक्षमा ललितकुमार रौनियार, वाणिज्य तर्फको उपाध्यक्षमा विष्णुप्रसाद श्रेष्ठ, उद्योगतर्फको उपाध्यक्षमा मोहम्मद सफिक वेहना र महिला उपाध्यक्षमा करिश्मा योगीको उम्मेदवारी रहेकाे छ ।
त्यसैगरी संघको महासचिवका लागि टंकप्रसाद शर्मा, उप-महासचिवका लागि टेकबहादुर खड्का र कोषाध्यक्षमा मख्खन बहादुर धामी सहित सदस्यहरुमा सुनिल भण्डारी, शिवप्रसाद दाहाल, विवेककुमार श्रेष्ठ, सन्तोष कुमार पौडेल, युवराज ढकाल, प्रमोदकुमार अग्रबाल, पदम श्रेष्ठ, कैफुल वरा जोलाहा, अतुलकुमार गुप्ता, बलबहादुर बिष्ट यस्तै गरी एशोसियट सदस्यमा प्रदीपकुमार गुप्ता र पुरुषोतम अग्रवाललाई सो समुहले मैदानमा उतारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *