Sunday, April 12सत्यम खबर
Shadow

वडाध्यक्ष दीपक बर्माद्वारा शिक्षा क्षेत्रमा थप अर्को सफलता

नेपालगन्ज, २१ जेठ – नेपालगन्ज उप-महानगरपालिका वडा नं. १८ मा रहेको माध्यमिक बिधालय लगदहवामा विद्यार्थीहरुका लागि दुई तल्ला पक्की भवनको आज आईतबार वडाध्यक्ष दीपक बर्माद्वारा पुजापाठ गरि पहिलो तल्ला ढलानको काम शुरूवात गरिएकाे छ ।
उक्त भवनको लागत रु. लगभग ३५ लाख रहेकोे अध्यक्ष बर्माले बताउनु भयो ! नेपालगन्जको प्रचण्ड गर्मी तथा बर्षायाममा टीनको छाना चुईने समस्याका साथै गर्मी बढेसँगै बिधार्थी भाइ बहिनीहरूकाे समस्या भएकाे हुँदा विधालयकाे लागि पक्की भवन निर्माण गर्न लागिएकाे अध्यक्ष बर्माले बताउनुभयाे ।
अध्यक्ष बर्माका अनुसार हालसम्म टीनको छानामुनि बस्न बाध्य विद्यार्थीहरुका लागि कक्षा सञ्चालनका लागि भवन निर्माण अति आवश्यक भएकाे पीडा बुझी कक्षा कोठा निर्माण गर्न लागेकाे बताउनु भयो ।
यसै आर्थिक बर्ष (चालू आ.बा) ७९/८० मा उक्त बिधालयको आयस्तर बृद्विका लागि ६ कोठे पक्की सटर समेत निर्माण सम्पन्न गरि भाडामा उक्त सटर गइ सकेको जानकारी गराउनुका साथै चालु आर्थिक बर्ष ७९/८० मा नै वडा नं. १८ मा रहेको पाटेश्वरी आधारभुत बिधालय भुजैइगाँवमा एक तल्ला पक्की भवनको निर्माण गरि फिनिसिङ्ग कार्य जारी रहेको वडाध्यक्ष बर्माले जानकारी गराउनु भयो ।
गत कार्यकालमा पुर्वाधार क्षेत्रमा फडको मारेको वडा नं. १८ का बर्मा नेतृत्वको टीमले पुनः निर्वाचित कार्यकालमा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्ने बताउनुका साथै वडा नं. १८ मा अहिले पुर्वाधारमा सडक, स्वास्थ्य कृषि, सोलार, मठमन्दिर, मदरसा लगायतका क्षेत्रमा कार्य जारी रहेको समेत जानकारी गराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *