Wednesday, April 22सत्यम खबर
Shadow

नेपालमा अपराधिक गतिविधिमा शामिल चिनियाँको साथमा ४ सय ३० लेपटप बरामद

काठमाण्डौ, २४ माघ – काठमाडौंको बूढानीलकण्ठ, मनमैजु, बाँसवारी लगायतका स्थानमा प्रहरीले विदेशी नागरिक बस्दै आएका अपार्टमेन्ट र होटलहरूमा छापा मार्दै विभिन्न ब्याक्तीलाई पक्राउ गरेको छ ।

छापाको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले नेतृत्व गरेको थियो भने महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरले सिआइबीलाई सहयोग गरेको थियो यो समाचार सेतोपाटिमा प्रकाशित भएको थियोे ।

पुस महिनामा छापा मार्ने क्रममा एक सय २२ विदेशी नागरिक पक्राउ परे। उनीहरूको साथबाट ४ सय ३० वटाभन्दा बढी ल्यापटप, मोबाइल फोन र सिम बरामद गरेको छ। पक्राउ परेका सबै चिनियाँ नागरिक भएको खुल्न आएको छ।

एकै व्यक्तिका साथबाट ३ देखि ५ वटासम्म ल्यापटप बरामद भएको अपराध महाशाखाका एसएसपी सहकुल थापाले बताएका हुन ।

‘एकै व्यक्तिले किन विदेश आउँदा यत्ति धेरै ल्यापटप बोके त्यस विषयमा पनि हामीले अनुसन्धान सुरू गरेका छौं’, सिआइबीका डिआइजी निरज शाहीले भने,‘अनि त्यो ल्यापटपबाट केही गडबडी पनि देखिएको छ।’

सिआइबीले गरेको प्रारम्भिक अनुसन्धानमा उनीहरूले नेपालमा बसेर अन्य देशमा साइबर अपराध गरेको खुल्न आएको छ।

कुन कुन देशमा अपराध गरे भन्ने जानकारी प्रहरीले गोप्य राखेको छ।

‘अनुसन्धान सकेपछि उनीहरूको बारेमा हामी जानकारी दिन्छौं’, अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले सेतोपाटीसँग भने।

स्रोतका अनुसार नेपाल प्रहरीका प्रमुख आइजिपी सर्वेन्द्र खनाललाई उनीहरूले गरेको अपराधका बारेमा सूचना पाएपछि विदेशी नागरिकमाथि अपरेसन चलाउन मातहतका निकायलाई निर्देशन दिएका थिए।

पक्राउ परेका अधिकांश इलिगल रूपमा बस्दै आएको खुल्न आएको छ।

केही भने भिसा लिएर नै बसेको देखिएको छ। भिसा भएका र प्रहरीको अनुसन्धानको दायरामा नपरेका केहीलाई रिहाइ गरिसकेको प्रहरीले जनाएको छ। अपरधिक गतिविधिमा किन नेपाल सरकार मौन रहेको छ । अनलिगल तरिका बाट चिनियाँ नागरिक कसरी नेपाल प्रवेश गरे अनि उनिहरु लाई कसले नेपालमा संरक्षन गरि रहेको छ । नेपाली नागरिकलाई लोभमा पारी नेपालीहरु नै लुट्ने कार्यमा चिनियाँहरु समलग्न छ्न । नेपाल चिनियाँ नागरिकको अपराधीक क्रियाकलाप लाई नियन्त्रण गर्न जरुरी रहेको च । काठमाडौं स्थित रहेको चिनियाँ दूतावास लाई चेतावनी दिन जरुरी रहेकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *