Tuesday, April 21सत्यम खबर
Shadow

प्रचण्ड सरकार अल्पमतमा, के हाेला आगामी सत्ता समीकरण

काठमाण्डौ, २३ माघ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकार अल्पमतमा परेकाे छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृह मन्त्रालय दिने विषय, नागरिक उन्मुक्ति पार्टीको सांसद गिरफ्तार प्रकरण, सम्मानजनक भागवण्डा नपाएकाे जसपा, राेजेकाे मन्त्रालय नपाएर असन्तुष्ट जनमत पार्टीका कारण प्रचण्ड सरकार धरापमा परेकाे हाे ।

रास्वपाले गृहमा शनिबारसम्म दिएकाे अल्टिमेटम सकिँदैन । गृह नपाउने देखिँदा उसले सरकार छाड्ने अवस्था बन्दैछ । लामिछाने बाहिरिए प्रचण्ड सरकार अल्पमतमा पर्ने छ । १९ सिटकाे रास्वपासँगै १४ सिटकाे राप्रपा, १२ सिटकाे जसपा, ६ सिटकाे जनमत र ४ सिटकाे नागरिक उन्मुक्ति पार्टी पनि बाहिरिने देखिन्छ । यसाे हुँदा सरकारले बहुमत गुमाउनेछ ।

प्रचण्ड सरकारमा एमालेमात्रै रहनेछ । यसाे हुँदा प्रचण्डले फेरि विश्वासकाे मत लिँदा संख्या पुग्ने छैन । प्रचण्डले विश्वासकाे मत नपाए धारा ७६ (३) अनुसार सदनकाे सबैभन्दा ठूलाे दलकाे नेता प्रधानमन्त्री बन्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *