Tuesday, April 21सत्यम खबर
Shadow

तबलिगी जमातका सदस्यहरू पर्यटक भिसामा आउँदै

काठमाण्डौ, २३ माघ – नेपालका मदरसाहरुमा कट्टरपन्थी बढ्दै गएको अवस्था छ। पाकिस्तानको आर्थिक प्रायोजन र सहयोगले नेपालमा तबलिगी जमात पठाउने र मदरसालाई कट्टरपंथी क्रियाकलाप बढाउन रकम उपलब्ध गराउने लगायतका काम भइरहेका छन्।

नेपालको उदार भिसा व्यवस्थाको शोषण गर्दै तबलिगी जमातका सदस्यहरू पर्यटक भिसामा आउँछन् र धर्म परिवर्तन, कट्टरपन्थी गतिविधिहरूमा संलग्न हुन्छन्। नेपाली सीमामा रोहंगियाको बसोबासले नेपालको सुरक्षालाई समेत जोखिममा पारेको छ।

सरकारले नियमन र सुपरिवेक्षणको संरचना तयार गरेर यस्तो गतिविधि रोक्नेतर्फ पहलकदमी गर्नुपर्नेमा सरोकारवालाको ध्यान केन्द्रित भएको छ।

पाकिस्तानले अपराध, नक्कली मुद्रा, नाबालिग विवाह, नेपाललाई असर पार्न विभिन्न धार्मिक माध्यमहरू प्रयोग गरिरहेको छ। लिम्बुवान न्यूजबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *