Monday, April 20सत्यम खबर
Shadow

पद र कुर्सीकै लागि राजनीति गर्ने भए पुरानो र नयाँमा के अन्तर ?

काठमाण्डौ, २३ माघ – सुशासन र नैतिकताको राजनीति गर्ने उद्घोषसहित गत मंसिरको निर्वाचनमार्फत उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व पनि शक्ति र सत्ताप्रति आशक्‍त देखिएको छ।

नागरिकता विवादमा सर्वोच्‍च अदालतको फैसलासँगै सांसद, उप–प्रधानमन्त्री तथा गृहमन्त्री, संसदीय दलको नेता र पार्टी सभापति पद गुमाएका रवी लामिछानेले दुई दिनमै सबै पदमा फर्किन खोज्नुलाई उनको पदलोलुपतालाई देखाएको छ।

प्रतीकात्मक र प्रचारात्मक राजनीतिको बढ्दो प्रयोगको असर राजधानी काठमाडौंसहित देशका शहरी क्षेत्रका जनतामाथि तीव्र रुपमा भएको छ। संघर्ष, त्याग, समर्पण, समाजसेवा र इमान्दारिताको कसीमा एउटा पनि परीक्षा उत्तिर्ण गर्न नसकेको व्यक्‍तिलाई केवल सामाजिक सञ्जालको लोकप्रियताको आधारमा देवत्वकरण गरिदिनु र स्वीकार गर्नु दूभार्ग्यपूर्ण हो।

रवी लामिछाने शैलीको राजनीतिले नेपाललाई अकल्पनीय क्षति पुर्याउनेछ। न कुनै राजनीतिक दर्शन, न विचारधारा, न आर्थिक र सामाजिक नीति, केवल सुशासनको दाबी गर्ने र नैतिकताको कुरा गर्ने बित्तिकै कसैमाथि अत्याधिक विश्‍वास गर्नु हतारो हुनेछ।

नागरिकता विवादमा सर्वोच्‍च अदालतको फैसलासँगै सांसद, उप–प्रधानमन्त्री तथा गृहमन्त्री, संसदीय दलको नेता र पार्टी सभापति पद गुमाएका रवी लामिछानेले दुई दिनमै सबै पदमा फर्किन खोज्नुलाई उनको पदलोलुपतालाई देखाएको छ।

रवि लामिछानेको काँधमा बन्दुक राखेर राष्ट्रपतिको चुनाव जित्‍ने नेकपा (एमाले)को रणनीति सफल हुने सम्भावना देखिदैन। देशको राजनीतिमा व्याप्‍त कमी कमजोरी, सुशासनको अभाव, नैतिकताको ह्रास आदिलाई सही अवस्थामा ल्याउन त्याग, समर्पण, बलिदान र निष्ठाको आवश्‍यकता छ। सत्तामा पुगेर मात्रै सबैथोक ठिक गर्न सकिन्छ भन्‍ने छैन। रवि लामिछाने पत्रकारको रुपमा पनि कुनै खासै उल्लेखनीय काम गरेनन्। विवादसित त्यहाँ पनि उनको नाता थियो। आफू स्वयम् गलत गर्नेले अरुलाई सुधार्ने कुरा गर्नु तर्कसंगत होइन।

काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिने बित्तिकै उनले लगातार पार्टीको तीनवटा बैठक गरेँ। आफू नेपाली नागरिक नै नरहेको अवस्थामा नेपाली नागरिक सरहको सुविधा लिनु राजनीतिक नैतिकताबिहीन अवस्था थियो। उनी यदि सिद्धान्तनिष्‍ठ राजनीतिमा विश्‍वास राख्‍ने व्यक्‍ति हुन्थे भने पार्टी महाधिवेशनको आह्वान गर्दथे, न कि पार्टीको केन्द्रीय समितिबाट अध्यक्ष बन्‍ने थिए। रवि लामिछानेको ठाउँमा कुनै अन्य नेपालीले यसै प्रकृयाबाट नागरिकता लिन खोज्दा जिल्ला प्रशासन कार्यालयका हाकिमको अनेकौ प्रश्‍नको सामना गर्नु पर्दथ्यो र प्रहरीको सर्जमिन मुचुल्का पनि अनिवार्य हुने थियो।

नागरिकता प्रमाण पत्र लिएकै दिन उनले पार्टीको साधारण सदस्य पनि लिए, साधारण सदस्यता र पार्टीको केन्द्रीय सदस्यमा मनोनित भए, साथै सोही दिन पार्टी सभापतिमा छानिए। नेपाली राजनीतिमा यो अनौठो घटना थियो। सम्भवत विश्‍कै राजनीतिक इतिहासमा यो पहिलो घटना होला। यस आधारमा उनको नाम गिनिज बुकको वर्ल्ड रेकर्डमा दर्ता हुन सक्‍दछ ! आखिर उनको उद्देश्‍य पनि त रेकर्ड बनाउनु नै हो। उनले एकै पटक दुई देशको राहदानी लिएको प्रहरी अनुसन्‍धान सकिएको छैन। लामिछाने, अदालतको फैसलाको पूर्ण पाठको समेत प्रतिक्षा गर्न तयार छैनन्।

काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिने बित्तिकै उनले लगातार पार्टीको तीनवटा बैठक गरेँ। आफू नेपाली नागरिक नै नरहेको अवस्थामा नेपाली नागरिक सरहको सुविधा लिनु राजनीतिक नैतिकताबिहीन अवस्था थियो।

नागरिकता लिए लगत्तै उनले राहदानी विभागमा पुगेर राहदानी फिर्ता गरेका हुन् तर राज्यले गर्ने अनुसन्‍धान पुरा भएको छैन। उनी गृहमन्‍त्री भएपछि अनुसन्‍धान रोकिएको थियो। सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठको अध्‍ययन नै नगरी सरकारले पनि फेरि रविलाई मन्‍त्री बनाउनु भनेको थप समस्या निम्त्याउनु हो । यो काम भएमा प्रधानमन्‍त्री नै नैतिकताको घेरामा आउनेछन्।

एकै दिनमा पार्टीको तीन पटक केन्द्रीय समितिको बैठक बस्नु, पहिलो बैठकमा केन्द्रीय सदस्यमा मनोनयन, दोश्रो बैठकमा सभापति पदमा निर्वाचन र तेस्रो पटकको बैठकको अध्‍यक्षता नै स्‍वंम उनले गर्नु रवि लामिछानेमा देखिएको सत्तालोभ र पद लोलुपताको पराकाष्‍ठा हो।

उपचुनावमार्फत् विजयी भएर आएका खण्‍डमा उनले मन्‍त्री बन्‍ने कुरा सुहाउँछ पार्टीलाई नै गृह मन्‍त्रालय चाहिएको रहेछ भन्‍ने यस पार्टीका १९ जना सांसद छन्। यी मध्ये कसैलाई पनि मन्‍त्रीका लागि प्रस्‍ताव गर्दा हुन्छ। उनी गृहमन्‍त्री नबने देशनै लथालिङ्ग हुन्‍छ भन्‍ने छैन।

सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठको अध्‍ययन नै नगरी सरकारले पनि फेरि रविलाई मन्‍त्री बनाउनु भनेको थप समस्या निम्त्याउनु हो । यो काम भएमा प्रधानमन्‍त्री नै नैतिकताको घेरामा आउनेछन्।

दुई दिन अघि राजनीतिमा दिएर फेरि मन्‍त्रीमा दाबी गर्नु पदलोलुपताको संकेत हो। लामिछाने पुनः मन्‍त्री बन्‍ने विषय संविधान र कानुन भन्‍दा पनि नैतिकताको हो। राजनीतिमा व्यप्त कुरिति हटाउन खोज्‍ने नै यति बढी सत्तालोलुप भएपछि उनीसित परिवर्तन को के अपेक्षा गर्ने ? केवल सत्ता र पदमात्रै राजनीतिको अन्तिम लक्ष्य हुनु हुँदैन, सिद्धान्‍त र देशको विकास भन्‍ने उद्देश्‍य कसैका लागि पनि महत्‍वपूर्ण रहेन। सस्‍तो लोकप्रियता र हल्‍ला वा प्रचारवाजीले निर्देश गरेको समाजमा सिद्धान्‍त प्रधान हुँदैन।

सिद्धान्त प्रधान नभएको समाजमा खास दृष्‍टिकोग हुँदैन। खास दृष्‍टिकोण नभएको समाजमा स्पष्ट नीति र कार्यदिशा हुँदैन। स्‍पस्‍ट कार्यदिशा नभएको समाजमा अन्‍तिम गण्‍तव्यको खाकासहितको कार्ययोजना पनि हुँदैन। यसरी निश्‍चित दृष्‍टिकोणद्वारा निर्देशित स्‍पस्‍ट कार्यक्रम नभएपछि सम्‍पूर्ण सामाजिक सत्ताहरु हचुवाको भरमा संचालन हुन्‍छन्। मनोगत भाष्यद्वारा नै राजकीय सत्ताहरु पनि परिचालित हुन पुग्‍छन्। सस्‍तो लोकप्रियताको ढोंगनै राजनीतिको अन्‍तिम अस्त्र बन्‍न पुग्‍छ। ढोंगी, प्रचार ढोंगी, श्रम ढोंगी, ढोंगी त्‍याग, तपस्‍या अनि नयाँ र अनौठो ढोंगको शैलीमा जनता पनि रमाउन थाल्‍दछ। ढोंग र वास्‍तविकताको पहिचान गर्न कठिन हुने गर्दछ।

दुई दिन अघि राजनीतिमा दिएर फेरि मन्‍त्रीमा दाबी गर्नु पदलोलुपताको संकेत हो। लामिछाने पुनः मन्‍त्री बन्‍ने विषय संविधान र कानुन भन्‍दा पनि नैतिकताको हो।

रवि लामीछानेले उपप्रधान तथा गृहमन्त्री बनेको १० औँ दिन गत पुस २० मा देशभरीका अवैध क्रसर उद्योग बन्‍द गराउने निर्णय गरे। लगत्तै ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीले अवैध रुपमा संचालित क्रसर उद्योग बन्‍द गराए। तर उनी गृहमन्‍त्री हुँदै ती क्रसर उद्योगलाई जस्ताको त्यस्तै चल्‍न दिने निर्णय भयो। ती उद्योग किन बन्द गराइयो र छोटो समयमै किन सञ्चालन अनुमति दिइयो भन्‍ने प्रश्‍नको चित्त बुझ्दो जवाफ सरोकारवाला अधिकारीले दिएका छैनन्। राजनीतिमा परिवर्तन ल्‍याउन खोज्‍ने नयाँ दलको आचरण पनि पुरानै पाराको देखियो। म्यानपावरका सन्‍चालकलाई समानुपातिक सांसद बनाउने काम पनि उनलाई अरु भन्‍दा फरक सावित गर्न सकेन।

राजनीतिक सुधार ल्याउन खोज्‍ने जो कोही पनि स्‍वंय सुध्रिएको हुनुपर्छ। आफ्नो जीवनशैलीमा पारदर्शिता, इमान्‍दारी त्याग र धैर्य नभएको व्यक्तिले समाज र देशमा परिवर्तन ल्याउन सक्दैन। दुई–दुई देशको नागरिकता र पासपोर्ट राख्‍नु आफैमा गलत कार्य हो। मंसिरमा भएको चुनावमा नेपाली कंग्रेसले उनलाई आफ्नो पार्टीको उम्मेदवार बनाएको भए संम्‍भवत यो पार्टी नै अस्‍तित्‍वमा आउने थिएन।

गएको मंसिर१४ गते युग दर्शन साप्‍ताहिकमा प्रकाशित वामपन्‍थी नेता मोहनविक्रम सिंहको विज्ञप्तिमा रवि लामिछानेमाथि अमेरिकी साम्राज्यवादी शक्‍तिको हातको खेलौना भएको र अमेरिकाले आफ्नो मान्‍छेलाई नेपालको संसदमा पठाउन खोजेको आरोप लगाएका थिए। केही मान्‍छेले त उनलाई अमेरिकाको कम्युनिष्ट विरोधी ओपेन सोसाइटी र यसका प्रमुख जर्ज सोरससित घनिष्ट सम्बन्ध रहेको पनि आरोप लगाएको छ।

राजनीतिक सुधार ल्याउन खोज्‍ने जो कोही पनि स्‍वंय सुध्रिएको हुनुपर्छ। आफ्नो जीवनशैलीमा पारदर्शिता, इमान्‍दारी त्याग र धैर्य नभएको व्यक्तिले समाज र देशमा परिवर्तन ल्याउन सक्दैन।

अमेरीकन फ्रिडम पार्टीको चुनाव चिह्न पनि घण्‍टी नै भएकोले कतै दुवै पार्टीबीच सम्बन्ध त रहेको छैन भन्‍ने आरोप पनि लगाइको छ। भनिन्छ, रवि लामीछानेको चुनावमा पनि ब्रान्डिङको काम अमेरिकन सोसाइटीले नै गरेको थियो। भरसक यसैले नै बालेन साहको चुनावको ब्रान्डिङ पनि गरेको थियो। देश भरिका इसाईले राष्‍ट्रिय स्‍वतन्‍त्र पार्टीको पक्षमा मतदान गर्नलाई पनि कतिपयले इशाई मेसिनरी र रास्‍वापासित तालमेल त भएको छैन ? भन्‍ने आशंका पनि गर्ने गरेका छन्।

चुनावताका लाग्‍ने गरेका आरोपको विभिन्‍न उद्देश्‍य भए पनि अहिले आएर सरकारमा सहभागी हुनका लागि उनले जुन ब्‍यग्रता देखाएका छन्, त्यसलाई धेरैले अस्‍वभाविक मानेका छन्। पद र कुर्सीको राजनीतिकै कारण त नेपाली जनता देशका स्‍थापित राजनीतिक दलमाथि पत्‍यार गर्न छोडेका छन्।

कुनै पनि व्यवस्था वा पद्धति चलाउन न्‍यूनतम मान्‍यता हुनैपर्छ। तर यहाँ संस्‍कार भन्‍ने शून्‍य देखियो। नयाँ राजनीतिक शक्ति पनि पद र कुर्सीकै राजनीतिमा लाग्‍ने हो भन्‍ने पुरानो र नयाँमा के अन्तर ?

कुनै पनि व्यवस्था वा पद्धति चलाउन न्‍यूनतम मान्‍यता हुनैपर्छ। तर यहाँ संस्‍कार भन्‍ने शून्‍य देखियो। नयाँ राजनीतिक शक्ति पनि पद र कुर्सीकै राजनीतिमा लाग्‍ने हो भन्‍ने पुरानो र नयाँमा के अन्तर ? पद र कुर्सीकै राजनीतिका कारण जस्‍तो सुकै पनि गठबन्‍धन अस्‍तित्वमा आउने र अपेक्षित पद एवम् मन्‍त्रालय नपाए नयाँ गठबन्‍धन तिर लाग्ने चरित्रलाई कसरी स्‍वभाविक मान्‍न सकिन्छ ? खबरहबबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *