Friday, November 22सत्यम खबर
Shadow

नेपालमा किन सक्रिय हुन खाेज्छ चीन ?

काठमाण्डौ, १५ मंसिर – चीनिया कम्युनिस्ट पार्टीको २० औं महाधिवेशनले रास्ट्र्पती सि जिन पिङ्ग लाई तेस्रो पटक महासचिवमा चयन गरे पछि आन्तरिक र बाह्य रुपमा उनको नितिले कस्तो प्रभाव पार्छ र नेपाल त्यस्को प्रभाव साथै नेपाल -चीन सम्बन्धको विषयमा जिज्ञासा हरु पैदा भएर गएका छन।

सन २०१२ सम्म चीनिया निती थियो,भित्र बलियो बन्ने तर बाहिर नदेखाउने तर सन २०१३ मा सि जिन पिङ्ग सत्तामा आएपछी चीन एकाएक आक्रमक मुलुकका रुपमा देखा पर्न थाल्यो।सि ले आफू सत्तामा आउने बित्तिकै ऋण जाल कुटनिती परियोजना वेल्ड एन्ड रोड इनिसिएटिभ (BRI)जस्तो महत्वाकांक्षी परियोजना अधि सारे जुन परियोजना बाट बिस्वका धेरै मुलुकहरू चीनिया ऋणको मारमा डुबेका छन।त्यस पछि चिनले लगातार रुपमा बिस्वका बहुपक्षीय सस्था संयुक्त रास्ट्र संघ देखि अन्य क्षेत्रीय संगठन हरु र द्विपक्षीय सम्बन्धमा आफ्नो अडान राख्ने र प्रभाब पार्नेगरी बिचार राख्न थाल्यो।

वेइजिङ्गले मा भएको सिपिसिको २० औं महाधिवेशनबाट सि तेस्रो पटक महासचिवमा नियुक्ति भए सङै चीन फेरि आक्रमक रुपमा नै प्रस्तुत हुन सक्ने आकलन गरिएको छ।त्यसैको प्रभाब स्वरुप नेपालमा पनि चीन पहिलेको भन्दा बढी क्रियाशिल हुने,दबाब बढाउन सक्ने र आक्रमक कुटनिती लाद्न सक्ने संकेत सि का अघिल्ला दुई कार्यकालमा नेपालमा भएका चीनिया गतिविधि लाई हेर्दा अनुमान लगाउन सकिन्छ।सि ले नै अघि सारेको वि.आर.आइ मा सन २०१७ मा नेपालले सहभागीता जनाए पछि चीन नेपालको आन्तरिक राजनितिमा हस्तक्षेपकारी भुमिका निर्बाह गर्दै आइरहेको छ।

चिनले करिब चार बर्ष अघि बाट नेपालमा राजनैतिक पार्टीहरु सङ्ग सम्बन्ध बिस्तार गर्दै आफ्नो दबाब लाई अझ बढाएर लगिरहेको छ।विशेषत नेपालका दुई कम्युनिस्ट पार्टीहरु नेकपा (एमाले)र माओवादी केन्द्र लाई मिलाएर नेकपा बनाउन ठूलो भुमिका खेल्यो जुन अहिले सम्म चीनिया रणनीतिको प्राथमिकतामा रहेको छ।रास्ट्रपति सि ले चिनको नेतृत्व सम्हाले पछि नेपालमा चीनिया राजदूत हरुको सक्रियता अस्वभाविक रुपमा बढ्दै गयो र नेपालको आर्थिक र राजनैतिक गतिविधिमा उनिहरुको सम्लग्नता मा वृद्धि हुँदै गयो।यस्को पछिल्लो उदाहरण हो आफ्नो चार बर्ष कार्यकाल सकेकी चिनियाँ राजदुत होउ यान्छी ले नेपालमा गरेकी गतिविधि ।

राजदुत यान्छी ले नेपालमा दुई कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्र बिचको एकता का साथै पार्टी भित्र बिबाद आएपछि मिलाउनको लागि नेताहरुको मा घरदैलो गर्दै दबाब सिर्जना गरेकी थिन।बिगत पाँच बर्षमा चिनबाट सि ले पटक पटक सिपिसी का शिर्ष नेताहरुलाइ नेपाल पठाएर कम्युनिस्ट एकताको लागि कुटनैतिक दबाब समेत दिएका थिए।अर्को तर्फ नेपालले अमेरिकी सहयोग परियोजना एम सि सि सम्झौतालाई लिएर चिनले वेइजिङ्गमा पटक पटक टिप्पणी समेत गर्यो।

साथै चिनले नेपाल लाई सुहाउदो भन्दै आर्थिक बिकासलाइ अघि बढाउन भन्दै चिनियाँ ऋण कुटनितिलाइ वि आर आइ परियोजना अन्तर्गत अघि बढाउन बारम्बार आग्रह गर्दै आइरहेको छ।चिनको संबेदनसिल भु-भाग तिब्बत सङ्ग सिमा जोडिएको मुलुक हो नेपाल र त्यहा हुने तिब्बती गतिविधि लिएर वेइजिङ्ग ले नेपाललाई रणनैतिक हिसाबले हेर्ने गरेको छ।सि को नेपाल भ्रमण र त्यस पछि भएका चीनिया उच्च अधिकारिहरुको पटक-पटकको नेपाल आवत जावतमा समेत तिब्बत मामिलामा चीनिया सुरक्षा चासो र नेपालमा अमेरिकी अधिकारी हरुको भ्रमणमा हुने तिब्बती नागरिक सङ्गको भेटवार्ता लाई समेत चासो दिदै बारम्बार नेपाललाई कुटनैतिक दबाब दिने गरेको छ।पछिल्लो समय नेपालमा वि आर आइ कसरी अघि बढाउने भन्ने कुटनैतिक गृहकार्य गरिरहेको छ।

यसै बिचमा ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जि डि आइ ) र ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जि एस आइ) लाई अघि ल्याएको छ।सि ले अब यि सन्यन्त्रलाइ नेपालमा झन क्रियासिल बनाउदै लान सक्ने सम्भावना रहेको र चीन नेपालमा थप सक्रिय हुन सक्ने अनुमान लगाउन सकिन्छ। Radio Miteree

Leave a Reply

Your email address will not be published. Required fields are marked *