Sunday, April 26सत्यम खबर
Shadow

गठबन्धनमा दरार बनाउने काम गर्दै उपेन्द्र यादव

काठमाण्डौ, २२ भाद्र –जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सबै क्षेत्रमा चुनाव लड्ने गरी तैयारी अवस्थामा बस्न निर्देशन दिएका छन् ।

महोत्तरीको जलेश्वरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सो निर्देशन दिएका छन् । पहिचान र समानताको लागि जारी आन्दोलनको एउटा मोर्चा निर्वाचन समेत रहेको बताउँदै अध्यक्ष यादवले काठमाण्डुमा बस्नेलाई मधेश हेर्ने दृष्टिकोणमा परिवर्तन नआए सम्म आन्दोलन जारी रहने उनले बताए ।

Upendra Yadav

संघीयता र गणतन्त्र खतरामा परेको बेलामा जसपाले नेतृत्व लिएर जोगाएको स्मरण गराउदै अध्यक्ष यादवले संघीयता र गणतन्त्रको रक्षाको लागि आपूmहरु अझै पनि गठबन्धनको पक्षमा रहे पनि सबै सिट आपूm लाई नै चाहिने प्रयास कतै बाट भए त्यो स्वीकार्य नहुने बताए । नेपाली कांग्रेसले कार्यदलको बैठकमा १०० सिटमा दाबी गरिरहेको प्रति इङ्गित गर्दै अध्यक्ष यादवले कसैको स्वार्थ पूरा गर्नका लागि गठबन्धन नबनेको भन्दै स्वार्थसिद्धिको भ¥याङ्ग नबन्ने चेतावनी समेत दिएका थिए ।

गठबन्धन प्रतिगामीको विरुद्धमा बनेको चर्चा गर्दै उनले गठबन्धनमा पार्टीले आफ्नो हैसियत अनुसारको सिटमाथि दाबी गर्नु उचित रहेको उनले टिप्पणी गरे । गत स्थानीय तहको निर्वाचनमा आफ्ना उम्मेदवारलाई गठबन्धन दलकै नेताहरुले धोका दिएको भन्दै उनले निष्ठा र समर्पणको भाव नआए गठबन्धनको औचित्य नहुने उनले तर्क गरेका थिए । आफ्नो पार्टीको अथक प्रयासले नागरिकता विधेयक दुई दुई चोटी प्रतिनिधिसभा र राष्ट्रियसभावाट बहुमतले पास भए पनि केही मधेश विरोधी मानसिकताले त्यसलाई रोक्ने हर सम्भव प्रयास गरिरहेको उनले आरोप लगाएका थिए ।

नेकपा एमालेले अध्यादेशवाट ल्याएको नागरिकता विधेयक प्रमाणीकरण हुने तर, जनताले चुनेर पठाएको प्रतिनिधिहरुले बहुमतले पास गरेर पठाएको विधेयक प्रमाणीकरण नहुनेबाट मधेशलाई हेर्ने दृष्टिकोण स्पष्ट हुनेगरेको उनले तर्क गरेका थिए ।

मधेश आन्दोलनको बेला आन्दोलनलाई दबाउने र निहत्था मधेशी युवाहरुको टाउकोमा गोली हान्नेहरु मधेशी युवाहरुलाई अहिले पनि गैर नागरिक बनाएर दास जस्तो व्यवहार गरेको आरोप लगाएका थिए । मधेशका युवाहरुलाई भोटिङ्ग राइटबाट टाढा राख्ने नेकपा एमालेको अथक प्रयास यस पटक सफल नहुने र सदन देखि सडक सम्म गर्ने गरेको प्रतिगमनको विरुद्ध मधेशी जनता यस पटक उभिने विश्वास व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *