Wednesday, April 22सत्यम खबर
Shadow

निर्वाचनमा सहयाेग नगरेकाे भन्दै ज्यान मार्ने धम्की, संगठनद्वारा कारवाहीको मांग

नेपालगन्ज, १८ जेष्ठ – निर्वाचनमा सहयोग नगरेको भन्दै बाँकेका एक शिक्षकलाई गाउँपालिका प्रमुखले धम्की दिएको नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेले जनाएको छ ।

संगठनले बुधबार प्रेस विज्ञप्ति जारी गरी श्री आधारभूत विद्यालय डुडुवा १ चौफेरिका शिक्षक भुपेन्द्र रेग्मीलाई गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले ज्यान मार्ने धम्की दिएको दाबी गरेका छन् ।

‘यस आपत्तिजनक दुःखद् घटनाको नेपाल राष्ट्रिय शिक्षक संगठन बाँके घोर भर्त्सना गर्दछ’, अध्यक्ष रेखा धिताल र सचिव बाबुराम अधिकारीले संगठनका जिल्ला सचिवालय सदस्य रेग्मी माथि भएको घटनाको सत्यतथ्य छानबिन गरी कारवाहीको माग गर्दै भनेका छन्, ‘भविष्यमा रेग्मीप्रति हुने सम्पूर्ण घटनाको जिम्मेवारी गाउँपालिका प्रमुखले लिनुपर्नेछ ।’

यस सम्बन्धमा अर्काे पक्षबाट जानकारी लिन डुडुवा गाउँपालिका प्रमुख नरेन्द्र चाैधरी तथा प्रेस सल्लाहकार राकेशकुमार मिश्रालाई फाेन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *