Wednesday, April 22सत्यम खबर
Shadow

“चाइना पास” वितरण १६ महिनादेखि रोकियो

काठमाण्डौ, ८ बैशाख – चीन प्रवेश गर्न रसुवावासीका लागि उपलब्ध गराउँदै आएको नेपाल–चीन आगमन प्रस्थान अनुमति पत्र (चाइना पास) को वितरण १६ महिनादेखि रोकिएको छ । कोभिड–१९ का कारण रसुवागढी नाकाबाट मानिसको आवतजावत रोकिएसँगै पास वितरण पनि रोकिएको हो । रसुवागढी अध्यागमन कार्यालयले २०७७ मङ्सिर २७ गतेदेखि पास वितरण रोकेको छ ।

नाकाबाट मानिसको आवतजावत रोकिएका कारण पास वितरण बन्द गरिएको अध्यागमन अधिकृत एकनारायण भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नाकाबाट पारि जान नपाउने भएपछि पास जारी गर्न छाडिएको हो ।’ नाका पूर्णरूपमा सञ्चालनमा आएपछि पास वितरणलाई निरन्तरता दिइने उहाँको भनाइ छ । चीनसँग सिमाना जोडिएको रसुवा जिल्लाका नागरिक चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङसम्म आवतजावत गर्न पाउँछन् । त्यहाँ जानका लागि कार्यालयले पास उपलब्ध गराउँदै आएको थियो । एक पटक पास बनाएपछि एक वर्ष त्यहीँ गएर बस्न पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *