Friday, January 16सत्यम खबर
Shadow

आजको मौसम : वर्षा र हिमपातको सम्भावना

काठमाण्डाै, १४ कार्तिक – आज देशका तीन प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षाको संभावना छ ।

विभागका अनुसार आज देशका पहाडी भु–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

राति प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ । रातमा पनि तीनै प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको संभावना रहेकाे जल तथा मौसम विज्ञान विभागद्वारा जनाईएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *