Sunday, April 26सत्यम खबर
Shadow

उपलब्धिमूलक रह्यो भारत भ्रमण : डा. महत

काठमाण्डौ, २७ असोज – नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आफूहरुको भारत भ्रमण उपलब्धिमूलक रहेको बताएका छन् । नेपालप्रति भारतीय जनता पार्टीको सकारात्मक प्रतिक्रिया पाएको पनि उनले बताएका छन् ।
उनले आफ्नो पार्टी पनि नेपाल र भारत दुई देशबीच सुमधुर सम्बन्ध बनाउन चाहेको बताए । उनले भारत भ्रमणको क्रममा आफूले तुईन प्रकरणको विषय पनि उठाएको स्मरण गराए ।


उनले भारतको तल्लो तहबाट गल्ती भएको हुन सक्छ भनेर यसबारे सहज रुपमा भारतको तर्फबाट छानबिन होस् भनेर आफूले विदेशमन्त्री जयशंकरसँग कुरा उठाएको स्मरण गराए । उनले जयसिंह धामी प्रकरणमा भारतको स्टेटमेन्ट आउनु पर्ने कुरा उठाएको बताए । भेटवार्ताको क्रममा सीमा विवादको कुरा पनि उठाएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *