Tuesday, April 28सत्यम खबर
Shadow

नेपालगन्जमा नेवारी स्वादका साथै टिकटक च्यालेन्ज हुँदै

नेपालगन्ज, २१ असाेज – काेभिड-१९ काे घटदाे क्रमलाई ध्यानमा राखी पुर्ण स्वास्थ्य मापदण्ड अपनाई नेवारी स्वादकाे परिकारका साथै बाँकेबासीलाई मनाेरञ्जन प्रदान गर्ने उद्देश्यका साथ शुक्रबार द झिल्के एण्ड कम्पनि ब्याण्डकाे बेजाेड प्रस्तुति हुने भएकाे छ ।

नेपालगन्ज-४ सेतु विक चोक नजिक रहेको मतिना नेवारी रेष्टुरेन्टमा शुक्रवार द झिल्के एण्ड कम्पनी व्याण्डको बेजोड प्रस्तुति हुने सञ्चालकद्वारा प्रेस मिट गरि आज विहिबार जानकारी गराईएकाे छ ।

बिहीवार मतिना नेवारी रेष्टुरेन्टले पत्रकार सम्मेलनको आयोजना गरि उक्त ब्याण्डको प्रस्तुती हुने जानकारी गराएको हो । नेपाल कै चर्चित व्याण्ड पहिलो पटक पश्चिम नेपालको यात्रामा नेपालगन्ज आउने कार्यक्रम तय भएको रेष्टुरेन्टका सञ्चालक संजय श्रेष्ठले जानकारी गराउनुभयो ।

क्युएफएक्स सिनेमाको अगाडी रहेको उक्त रेष्टुरेन्टले नेपालीहरुको महान पर्व विजयादशमीको शुभ अवसरमा टिकटक च्यालेन्ज प्रतियोगिता समेत आयोजना गरिएको छ । टिकटकमा भाग लिन चाहने सबैको लागि खुल्ला भएको रेष्टुरेन्टका सञ्चालक श्रेष्ठले बताउनुभयो ।

टिकटकमा भाग जतिजनाले पनि लिन सकिने आयोजकले जानकारी गराएको छ । टिकटकमा सबैभन्दा बढि लाइक भिउज आउने एक जनालाई १० हजार नगद पुरस्कारले पुरस्कृत गर्ने श्रेष्ठले बताउनुभयो । टिकटकका लागि रेष्टुरेन्टमै आएर टिकटक बनाउनुपर्ने, सामाजिक सदभाव, तथा कसैको संस्कृतिमा आँच नआउने किसिमको गितमा टिकटक बनाउन सकिने रेष्टुरेन्टले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *