Tuesday, October 22सत्यम खबर
Shadow

पाकिस्तानीको आतंक नेपालमा : एकको अपहरण, २ पक्राउ

काठमाण्डौ, २१ असोज – पाकिस्तानी नागरिकले क्यानडा पठाउने भन्दै नेपाल बोलाएर बन्धक बनाएको आरोपमा दुई जना पक्राउ परेका छन्।
महानगरीय प्रहरी परिसर ललितपुरले जेसन मोहम्मद र ताज रजवाजलाई पक्राउ गरेको हो । यी दुवै जना पनि पाकिस्तानी नागरिक हुन् । प्रहरीका अनुसार उनीहरुले फैजान अहमदलाई नेपालको बाटो हुँदै क्यानडा पठाउने भन्दै नेपाल बोलाएका थिए ।
विमानस्थलबाट आफूलाई सिभिल होम्समा लगेर बन्धक बनाएको फैजानले प्रहरीसमक्ष बताएका छन् ।


उनका अनुसार जेसन र ताजले बन्धक बनाएर पाकिस्तानस्थित परिवारलाई म क्यानडा आइपुगे, २० हजार डलर दिनुस् भन्न लगाएका थिए ।
उनीहरुबाट फुत्किएका फैजानले खबर गरेपछि दुबैलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । अहिले प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *