
नेपालगन्ज, २० असाेज – बाँके नेपालगन्जको न्युरोडमा भोलि `द रोयल युनिसेक्स सलुन´ काे शुभारम्भ हुँदै उद्घाटन गरिने तयारी पूरा भएकाे छ ।
ब्युटिसियन मन्जु चन्दले आफ्नो ब्युटिपार्लरलाई नयाँ ढङ्गबाट सुरुवात गर्ने भएकी छिन् । बाँके नेपालगन्जको न्युरोडमा ‘द रोयल युनिसेक्स सलुन’ भोलिदेखि नयाँ स्वरुपमा सञ्चालनमा ल्याउन लागेकी छिन् । असोज २१ गते अथवा घटस्थापना दिवसको अवसर पारेर भोलि बुधबार दिउँसो ११ सो व्युटिपार्लर तथा सलुनको उद्घाटन गरिने भएको छ।
`द रोयल युनिसेक्स सलुन’ मा ब्युटिपार्लर सम्बन्धि सम्पूर्ण सुविधा, जेन्स, लेडिज सैलुन तथा ट्रेनीङ सेन्टर समेत उपलब्ध भएको उक्त पसल अत्याधुनिक प्रबिधियुक्त गुणस्तरीय सिस्टममा व्युटिपार्लर नेपालगन्जमा भित्र्याईएकाे जनाईएकाे छ । ब्युटिपार्लरमा लेडिज सम्बन्धि विभिन्न ब्रान्डका ब्युटिसियन सामान पाउनुका साथै भित्रि बस्त्रहरु समेत बिक्री वितरण गरिने सञ्चालकले बताएका झन् ।
उक्त पसलकाे भोलि उद्घाटन हुनुका साथै उद्घाटन सत्रमा सहभागी महिलाहरूकाे लागि विशेष अफरकाे व्यवस्था गरिएकाे ब्युटिसियन मन्जु चन्दले जानकारी गराउँदै भनिन अझ विशेष नयाँ अफर भने प्रबिधियुक्त मेसिनबाट नङ्गमा पलिस तथा आई ब्राे, माइक्रो सेडिङ डिजाइन समेत रहेको बताईन ।
