Tuesday, October 22सत्यम खबर
Shadow

नेपालगन्जको अधिकांश वडा डुबानमा

नेपालगन्ज, २८ श्रावण– बुधवार बिहान १ बजेदेखि जारी भएको भारी बर्षाका कारण बाँकेको अधिकांश स्थान डुवान हुने खतरा बढेको छ ।

भारी बर्षाका कारण नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ र ७ को अधिकांश टोल डुवानमा परेको छ । भारी बर्षाका कारण नेपालगन्ज वडा नं. ६ को फुल्टेक्रा गाउँभित्र, नयाँबस्ती, शितलनगर, हुलाकी राजमार्ग छेउ बस्ती, वडा नं. ७ को गगनगंज, रानीतलाउ नजिकका टोल डुवानमा परेका छन् ।
वडाको लापरवाहीले टोल नै डुवान भएको स्थानियवासीले जनाएका छन् । समय मै नाली निर्माण नहँुदा डुवानबाट समस्या झेल्न परेको उनीहरुको गुनासो रहेको छ । रातभर बर्षाका कारण बाँकेको राप्ती नदि र डुडुवा खोलाको सतह बढ्ने भएको हुनाले सचेत रहन जिल्ला प्रशासन कार्यालय बाँकेले आग्रह गरेको छ । रातभर वर्षका कारण बाँकेका होचा स्थानमा डुवान हुन सक्ने सम्भावना देखिएको छ ।


बुधबार बिहानपख बाँकेको कुसुम, नेपालगन्ज, कोहलपुर, खजुरा, नौवस्ता लगायत धरै स्थानमा अतिभारी बर्षा मापन गरिएकाले डुवानको सम्भावना रहेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
स्थानिय मानखोला, डुडुवाखोलाका साथै राप्ती नदिको जलसतह बढ्ने र अकस्मात बाढि आउने देखिएकाले जिल्लावासीलाई सचेत रहन प्रशासनले आग्रह गरेको छ । जिल्लाका डुबान भईरहने होचा स्थानमा बिहान १० बजेसम्म सतर्क रहन प्रशासनले आग्रह गरेको छ ।
डुवानको खतरा बढ्ने सम्भावना रहेको हुनाले बिहान १० बजेसम्म आफुलाई पायक पर्ने ठाउँमा रहन बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी गराउनुभयो । बुधवार बर्षाका कारण नेपालगन्जको धम्बोझी, वेलासपुर, भृकुटीनगर, घरवारीटोलका अधिकांश स्थानका घरमा पानी भरेको पाईन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *