Monday, April 27सत्यम खबर
Shadow

चिनियाँ राजदूतले देउवा सरकारविरुद्ध यसरी म्याउ गरिन, काम लागेन सुन्दरी यान्छीको रुपको जादु

काठमाण्डौ, २० असोज –देउवा सरकारविरुद्ध चिनियाँ राजदूतले यसरी म्याउ गरिन, काम लागेन सुन्दरी यान्छीको रुपको जादु
काठमाडौं । हुम्लाको सीमामा चीनले धेरै ठाउँमा अतिक्रमण गरेर समस्या सिर्जना गरेको प्रतिवेदन सार्वजनिक भएसँगै भूमि फिर्ता माग्दै नेपालमा दिनहुँ आन्दोलन भइरहेका छन् ।

काठमाडौंदेखि तराई मधेसम्म युवाहरु आन्दोलनमा उत्रेका छन् । चीनविरुद्ध आक्रोशित छन् । यस्ता आन्दोलनले चिनियाँ राजदूत दबाबमा परेकी छन् । नेपालमा आफ्नो प्रभाव जमाउन सुन्दर मुहार भएकी राजदूत होउ यान्छी लागिपरेकी छन् ।

यसअघि अघिल्लो सरकारको पालामा हुम्लाको विषय दबाउन सफल भएकी थिइन् । तर आफ्नो रुपको मोहनीले शेरबहादुर देउवा सरकारलाई आफ्नो जालमा पार्ने रणनीति सफल भएन । सीमा मिचेको तथ्य बाहिर आएरै छाड्यो । जनस्तरमा समेत चीनप्रत राम्रो छवि बनाउन उद्धत राजदूत यान्छीलाई अहिले जनस्तरमा बढ्दो आक्रोशले तनाव छ । पहिले चीनलाई राम्रै नजरले हेर्ने युवाहरु अहिले असलियत थाहा पाएपछि आक्रोशित छन् । भूमि फिर्ता माग्दै आन्दोलन गरिरहेका छन् । यसले नेपालमा आफ्नो वर्चश्व जमाउन कोसिस गरिरहेको चीनलाई धक्का लागेको छ ।

आफ्नो छवि धुमिल हुन थालेपछि चिनियाँ राजदूत यान्छीले कहिले परराष्ट्रमन्त्री भेट्ने त कहिले ट्वीटरमा म्याउ गरिरहेकी छन् । मंगलबार उनले ट्वीटरमा चीनले सीमा नमिचेको भन्दै म्याउ गरिन् । हुम्लामा सीमा समस्या रहेको प्रतिवेदन आएका बेला गल्ती स्वीकार्नु त कता हो कता उल्टै नेपाल र चीनबीचमा सीमा विवाद नरहेको भन्दै आफै पानीमाथि ओभानो बन्न खोजेकी छन् ।

उनले शेरबहादुर देउवा सरकारको छानविनमै असहयोग गर्नेगरी म्याउ गरेकी हुन् । दुई देशबीचमा ६० वर्ष पहिला नै सीमाको निरुपण भएको र त्यसबेलादेखि अहिलेसम्म कुनै विवाद नभएको उनको दाबी छ । ‘६० वर्षअघि आजैको दिन चीन र नेपालले मित्रवत वार्ताद्वारा सीमा सम्झौतामा हस्ताक्षर गरेका थिए । त्यसबेलादेखि हाम्रो सीमा पूर्ण रुपमा विवादमुक्त छ र यो दुईपक्षीय सम्बन्धको सेतु र पारस्परिक सहकार्यको पुल बनेको छ,’ उनले भनेकी छन् ।

राजदूत यान्छीले यसो भनिरहँदा सरकारले भने हुम्लामा सीमा विवादबारे छानविन अघि बढाएको छ । चीनसँग कूटनीतिक कुराकानी गर्न गृहले परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको छ । (नेपालपाना)

Leave a Reply

Your email address will not be published. Required fields are marked *