Monday, April 27सत्यम खबर
Shadow

५५ वर्षको उमेरमा ५८ औं पटक रक्तदान

नेपालगन्ज, १९ असाेज – बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका वार्ड नं.–३ मानपुर निवासी प्रेमप्रसाद लम्सालले असोज १९ गते मंगलवार ५८ औं पटक उत्साहका साथ रक्तदान गर्नु भएको छ ।

बर्दिया जिल्लाको उत्कृष्ठ रक्तदाताको रुपमा पर्नु भएको छ । साथै यही असोज १६ गते शनिवार नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष प्रेमप्रसाद कर्माचार्यको प्रमुख आतिथ्यिमा गठित नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा बर्दियाका अध्यक्ष पदमा पनि चयन हुनु भएको छ ।

प्रेमप्रसाद लम्सालले ५५ वर्षको उमेरमा असोज १९ गते ५८ औं पटक रक्तदान नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जमा आएर रक्तदान गर्नु भएको हो । उहाँ यस अघि बि.सं.२०७८ अषाढ २१ गते कोहलपुरको रक्त सञ्चार सेवा केन्द्रमा रक्तदान गर्नुभएको थियो ।

लम्साल बर्दिया जिल्लाको ठाकुबाबा नगरपालिकाको भुरीगाउँमा रहेको बिश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति सदस्य तथा शिक्षा समितिको संयोजकको पनि जिम्मेवारी सम्हानु भएको छ ।यसरी बाँके जिल्लामा छुट्टाछुट्टै आयोजना गरिएको रक्तदान कार्यक्रममा ९३ जनाले रक्तदान गर्नु भएको छ ।

नेपालगन्जको बागेश्वरी मन्दिरको प्राङ्गणमा पुर्ण ब्रम्ह कबीर उपासक समाज बाँकेद्वारा आयोजित रक्तदान कार्यक्रममा ५२ जनाले उत्साहजनक रुपमा रक्तदान गरेका छन् । यसैगरी मध्य पश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगन्जले आयोजना गरेकाे रक्तदान कार्यक्रममा ४१ जनाले गरेका छन् ।

प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका प्रमुख
उपेन्द्र रेग्मी, सोम प्रकाश सापकोटा, सुनिल पुलामी
थापामगर, सञ्जय बढही, राजेन्द्र महतरा, सन्दिप आचार्य, करन चौधरी लगायतले प्राविधिकमा सहयोग गरेका थिए । केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *