Wednesday, April 22सत्यम खबर
Shadow

लुम्बिनी र कर्णाली प्रदेशमा दुर्गा प्रसाईं

नेपालगन्ज, १४ असोज – लुम्बिनी प्रदेशको नेपालगन्ज र कर्णाली प्रदेशको सुर्खेतमा स्वतन्त्र युवाहरुले आयोजना गरेको कार्यक्रममा दुर्गा प्रसाईं आउनु भयेको हो ।
उक्त कार्यक्रमका सभाध्यक्ष मोहित शाहका अनुसार, नेपालगन्जको बाटिका होटलमा स्वतन्त्र युवा बाँकेले गरेको कार्यक्रममा दुर्गा प्रसाईं आउनु भयेको हो । उहाँ पुर्वाञ्चल क्यान्सर हस्पिटल वि एण्ड सि टिचिङ्ग हस्पिटल विर्तामोड, झापा का निर्देशक हुनुहुन्छ । उक्त कार्यक्रममा नेपालगन्जका विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार, उद्योगी ब्यवसायी, डाक्टर र विभिन्न समाजसेवीहरुको उपस्थिती रहेको थियो ।


उहाँले “म जे गर्छु नेपाल र नेपालिका लागि गर्छु ।” भन्ने मुल नाराका साथ लगानी मैत्री वातावरण निर्माण र युवाहरूको सहभागिता बिषयक बृहत् नगरिक अन्तरकृया कार्यक्रममा बोल्दै आफू एउटा क्यान्सर पिडित भयेको र उपचार पश्चात् नेपाल कै अत्याधुनिक सुबिधा सम्पन्न र सस्तो क्यान्सर अस्पताल खोलेको र उक्त हस्पिटलमा लुम्बिनी प्रदेश, कर्णाली प्रदेश साथै सुदुर पश्चिम प्रदेशका क्यान्सर बिरामिहरु धेरै आउने गरेको र त्यहाँ जाने पैसाले नै यहि ठाउँमा अस्पताल भए कम खर्च मै क्यान्सरको उपचार गर्न सकिने बताउनु भयो ।


यहाँका बसिन्दाले साथ दिय यहि ठाउँमा अत्याधुनिक सुबिधा सम्पन्न क्यान्सर अस्पताल खोल्ने र यहाँ कै बसिन्दाहरुलाई रोजगार, सेवा समेत दिन प्रतिबद्ध रहेको कुरा बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *