
नेपालगन्ज, ९ असोज – श्याामनन्द कला तथा संस्कृति प्रतिष्ठान नेपालको पहिलो साधारण सभा सम्पन्न भएको छ । वरिष्ठ कलाकार शयामानन्दसिंह ठकुरी मूख्य संरक्षक रहेको प्रतिष्ठानका अध्यक्ष सागरसिंह ठकुरीको अध्यक्षतामा सम्पन्न भएको साधारण सभाले सर्वसम्मतबाट ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
साधारण सभाले अध्यक्षमा पुनः सागरसिंह ठकुरी, भिमबहादुर सिंह उपाध्यक्ष, सन्तोष राढ सचिव, निरज देवकोटा सह सचिव, सागर क्षेत्री कोषाध्यक्ष र सदस्यहरु सुन्दर गुरुङ, सबितासिंह ठकुरी, सन्दीप अधिकारी, डिबि भण्डारी, टेकराज जैसी, शोभा गुरुङलाई चयन गरेको छ ।
यसैगरि सल्लाहकार समितिमा डा. बिजय प्रधान, आर.के. देवकोटा, ससिराम कार्की र प्रेस सल्लाहकारमा खम्व पुनलाई चयन गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका ९ बाँकेमा हाल रहेको प्रतिष्ठानको कला संग्राहलयले हाम्रो मौलिक कलाकृतिको संरक्षण, प्रवद्र्धन र कलाको बिकासमा टेवा पु¥याउने उद्देश्यले प्रतिष्ठानका संरक्षक श्यामानन्दसिंह ठकुरी आफैले निर्माण गरेका कलाकृतिको संरक्षणका लागिपनि प्रतिष्ठानको गठन भएको अध्यक्ष सागरसिंह ठकुरीले बताए ।
उनले आगामी दिनमा संग्राहलयको बिस्तार, प्रवद्र्धन, प्रचार प्रसार र प्रदर्शनका लागि पहल गर्ने र यसकालागि रणनितिक योजना बनाई अगाडी बढ्ने बताए ।

