
शुभम शर्मा
नेपालगन्ज, ९ असोज – ‘प्रेस स्वतन्त्रता सेनानी स्व. श्रीरामगोपाल वैश्य स्मृति प्रतिष्ठानलाई व्यवस्थित बनाउन म भरमग्दुर प्रयास गर्नेछु’ उक्त भनाई प्रतिष्ठानका अध्यक्ष नन्दलाल वैश्यले भन्नु भएको छ ।
शनिबार दिन नेपालगन्जमा प्रतिष्ठानले भेला कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रम प्रतिष्ठानको रकम जुन कि अध्यक्ष नन्दलाल वैश्य र शैलेन्द्रकुमार वैश्यको नाममा रहेको व्यक्तिगत खातामा जम्मा छ, उक्त रकम संस्थाको नाममा जमा गर्न भेला बोलाईएको थियो ।
स्व.श्रीरामगोपाल वैश्य प्रतिष्ठान राजनीतिक वर्चस्वका कारण खिंचातानमा परेकोले केही पदाधिकारी एकअर्काको मुख देख्नसम्म तयार छैनन्, यस्तो अवस्था त्यहाँ विद्यमान रहेको छ । यसको कारण प्रतिष्ठानको कार्यमा विभिन्न बाधा अवरोध समेत उत्पन्न भएको छ । २०७८ पौष महिनामा प्रेस स्वतन्त्रता सेनानी वैश्यको पूर्णतिथि रहेको छ । विगत अढाई वर्षदेखि प्रतिष्ठानको रकम समयमा बैंकमा प्रतिष्ठानको नाममा राख्न नसकिएकोले आर्थिक अभाव भएकोले यस पटकको तिथि नमनाउने जस्तो अवस्था छ ।
विगत २०७७ पौष महिनामा कोरोना संक्रमणबाट सर्वसाधारण त्रसित थिए । त्यस समय प्रतिष्ठानले जेनतेन गरी कुनै प्रकार निल सागर आश्रममा कार्यक्रम गरेको थियो । तर यस पटक राजनीतिक खिंचातानको कारण समयमा पूण्यतिथि नमनाउने जस्तो अवस्था उत्पन्न भएको छ । प्रतिष्ठानका उपाध्यक्ष अजयकुमार गुप्ताले यो सामाजिक सेवा कार्य गर्ने संस्था हो, यस भित्र राजनीतिक मतभिन्ता नल्याई कार्य प्रतिष्ठानले गर्नुपर्छ, यस्तो सोंच राखी शनिबार दिन भेला कार्यक्रमको आयोजन गरिएको हो, बताए ।
भेला कार्यक्रममा सबै कार्यसमितिका पदाधिकारीलाई बोलाईए पनि कमै व्यक्ति भेलामा उपस्थिति भए, जसले गर्दा कोरम पुरा नभएको हुँदा दुई–चार दिन भित्र अर्को भेलाको आयोजना गरिने प्रतिष्ठानका अध्यक्ष नन्दलाल वैश्यले बताउनुभयो ।



