Monday, April 13सत्यम खबर
Shadow

‘बिरामीलाई नेपालगन्ज अब कुनै समस्या उत्पन्न नहुने’ सेवा नेपाल

नेपालगन्ज, ६ असोज – सेवा नेपाल बाँकेले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ०५ वडा प्रहरी कार्यालय नजिकै रहेको मजिष्टिक पाटी प्यालेसमा उदघाटन कार्यक्रम भव्यताका साथ सप्पन्न गरेको छ ।
सेवा नेपाल बाँकेले विभिन्न सामाजिक कार्य गर्न नेपालगन्ज उपमहानगरपालिका उप प्रमुख उमा थापा मगरको प्रमुख अतिथि र संस्थाका अध्यक्ष लाल माया शाहीको कार्यक्रम सभापतिमा पानसमा बत्ती बाली उदघाटन गरेको हो ।


कार्यक्रममा बाँके लगाएत देश भरी विपन्न परिवारलाई गाँस, वास, कपास शिक्षा, स्वास्थमा जोड दिएर र शारीरिक अशक्त भएका मानिसलाई विशेष केन्द्रित रहेर समाजिक कार्य गर्न थालेकोमा कार्यक्रमका प्रमुख अतिथी थापा मगर खुसी ब्यक्त गर्दै नेपालगन्ज उपमहानगरपालिकाले पनि सहकार्य गरेर अगाडि जाने बताउनु भएको थियो ।
संस्थाका सल्लाहकार डा.प्रकाश नागले सेवा नेपाल बाँके स्वास्थमा प्राथमिकता राखेर आर्थिक रुपमा कमजोर र कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशबाट आउने विरामीलाई नेपालगन्ज अब कुनै समस्या उत्पन्न नहुने सेवा नेपाल बाँकेले टेवा पु¥याउने जिगिर गर्नु भएको थियो ।


त्यसै गरि संस्थाको सल्लाहकार डा. रोमा वोराले हामी धेरै बोल्नु भन्दा पनि ब्यवहारमा काम गरेर देखाउने बताउनु भयो ।
हरेक सामाजिक कार्यमा अग्रणीरुपमा काम गर्ने संस्थाका सल्लाहकार नमस्कार शाहले सेवा नेपाल बाँके सामाजिक सेवा गरेर विश्व लाई चिनाउन सफल हुनेमा दुईमत नरहेको बताउनु भयो ।
त्यसै गरि नेपाली काँग्रेस बाँकेको सभापति किरण कोइरालाले धेरै बर्ष पछि नयाँ संस्था नयाँ जोस जागर, स्वास्थ्यकर्मी युवाहरु र संचारकर्मी मिलेर यो सामाजिक कार्य गर्न जागरुक भएकोमा हामी एकदमै खुसी छौ र हाम्रो पार्टी नेपाली काँग्रेस हर हमेसा सहयोग र सहकार्य गर्ने बताउनु भयो ।


त्यसै गरि संस्थाको अध्यक्ष लाल माया शाहिले म सानै बाट संघर्ष गरेर हरेक समस्याहरु लाई अगाल्दै आएको र त्यही समस्याहरुको समाधानको लागि डटेर काम गर्ने बताउनु भयो ।
उक्त रक्तदान कार्यक्रमलाई सफल पार्न संस्थाका सल्लाहकार प्रकाश मेडिकलका प्रोपराइटर डा.प्रकाश नाग, सल्लाहकार रोमा बोरा,सल्लाहकार नमस्कार शाह नेपालगन्ज मेडिकल क्लेज र अमन मेडिकल हलमा कार्यरत डा .तनविर अहमद खाँ नेकपा एमाले बाँकेका नेता दत्त प्रसाद आचार्य, नेपाली कांग्रेस बाँके सभापति किरण कोइराला नेकपा माओवादी केन्द्रका नेता धर्मराज यौपाने राप्रपा बाँकेका अध्यक्ष नरेन्द्रकुमार पौडेल विभिन्न संघ संस्थाका पदाधिकारी संचारकर्मी स्वास्थ्यकर्मी, जनप्रतिनिधिलगायतको उपस्तिथि रहेको थियो ।
उदघाट्न तथा औपचारिक कार्यक्रमको सहजीकरण उद्घोषक इन्जिनियर विबेक लामिछानेले गरेका थिए, भने संस्थाको तर्फबाट स्वागत मन्तब्य मनिषा चिलुवालले गरेको थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *