Sunday, April 12सत्यम खबर
Shadow

भारतमा पनि मनाईयो इन्द्रजात्रा, मुख्यमन्त्रीले दिए शुभकामना

नेपालगन्ज, ४ असोज – मुख्यमन्त्री प्रेमसिंह तामाङले इन्द्रजात्राको शुभ अवसरमा सिक्किमका जनता तथा विशेषरूपमा नेवार समुदायमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
मुख्यमन्त्रीद्वारा जारी सन्देशमा इन्द्रजात्रा नेवार समुदायको सबैभन्दा ठूलो पारम्परिक उत्सव रहेको र यस दिन भगवान इन्द्रको आर्शीवाद प्राप्त गर्न उनको पूजा गरिने बताएका छन्।


भगवान इन्द्रलाई पानीको देउता र स्वर्गको राजा मानिन्छ।
मुख्यमन्त्रीले यो उत्सव एकजुट बन्ने तथा राज्यमा शान्ति र साम्प्रदायिक सद्भावको सन्देश फैलाउने अवसर बनोस भनी कामना समेत गरेका छन्। (ऐजन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *