
नेपालगन्ज, ३ असोज – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् ।
प्रधानमन्त्री देउवाले चार घण्टाअघि र अध्यक्ष ओलीले दुई घण्टा अगाडि सामाजिक सञ्जाल ट्वीटरमार्फत मोदीलाई मेन्सन गरेर जन्मदिनको शुभकामना दिएका हुन् ।
प्रधानमन्त्री देउवाले ७१औं जन्मदिनको शुभकामना दिँदै राम्रो स्वास्थ्य र थप सफलताको कामनासहित सन्देश पठाएका छन् ।
अध्यक्ष ओलीले ७१औ जन्मदिनको अवसरमा मोदीलाई हार्दिक बधाई भनेका छन् । ‘म तपाईंलाई राम्रो स्वास्थ्य र खुशीको लागि कामना गर्दछु,’ ओलीले सन्देशमा भनेका छन् । (स्रोतः नेपालपाना)

