Tuesday, April 21सत्यम खबर
Shadow

हिन्दु राष्ट्र र राजसंस्था पक्षधर शक्तिहरु एकताबद्ध हुनुपर्छ

मिति : २०७८ भाद्र २८ गते
विद्रोही
हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा भर्खरै एकीकृत नेपाल नामको हिन्दुवादी पार्टीको उदय हुने भएको छ ।
एकीकृत नेपाल पार्टीको घोषणा समारोहमा देशमा नकारात्मक शक्ति बढ्दै जाँदा नेपालको राजनीतिक अन्यौलमा पुगेको भनाईहरु राखिएको छ । वास्तविकरुपमा भन्ने हो भने एकदमै सत्य कुरा हो कि देशमा नकारात्मक शक्ति धेरै बढेका छन् जसको कारण यहाँ प्राचीन वैदिक सनातन धर्म लोप भई रहेको छ । धर्मको संरक्षण संवद्र्धन गर्ने राजसंस्थाको अन्त गरिएको छ ।
देशमा लोकतन्त्र, गणतन्त्र आएसँगै वैदिक सनातन धर्मावलम्बीहरुको ठूलो हानी नोक्सानी भएको छ अहिले यहाँ विदेशी धर्म, संस्कृति मान्नेहरुको वर्चस्व बढेको छ । यसको सट्टा प्राचीन वैदिक संस्कृति मान्नेहरुलाई अपमानित गर्न थालिएको छ । सत्तामा विभिन्न समय विदेशीको इशारामा सरकार बनेकोले विदेशी धर्मको महिमामण्डन गर्ने कार्य शुरु भएको छ । यसरी देशका मन्दिर, देवालय आदि असुरक्षित बन्न पुगेका छन् ।


वैदिक संस्कृतिमा गाई मातालाई उच्च स्थान दिएको छ । गौ माताको सम्पूर्ण शरीरमा ३३ कोटी देउताको वास छ यस्तो मान्यता छ तर आज यहाँ गाई काट्ने अपराध निकै नै फस्टाएको छ । हाम्रो छिमेकी देशमा विगत समय गाईको संरक्षण संवद्र्धन भई रहेको थिएन तर अब त्यहाँ गौ माताको संरक्षण भई रहेको छ । भर्खरै इलाहाबादको उच्चतम न्यायालयले गाईलाई राष्ट्र पशु घोषणा गर्ने आदेश दिएको छ । तर हाम्रो देशमा गाई विगत दिनदेखि नै राष्ट्रिय पशु रहेको छ तर यहाँ त्यसको दुर्दशा छ । हिन्दु राष्ट्र नेपाललाई धर्म निरपेक्ष बनाउनु गलत थियो तर विदेशीको इशारामा देशलाई धर्म निरपेक्ष बनाइयो । यो कार्य गर्ने दोषीलाई अब जनताले कडा दण्ड सजायँ दिनु जरुरी छ तर यो कार्य गर्न हिन्दु राष्ट्र र राजसंस्थाको पक्षधर सबै शक्ति एकताबद्ध हुनु जरुरी भएको छ । विगतमा राप्रपा हिन्दु राष्ट्र हिन्दु राजाको पक्षमा खडा भएको थियो तर त्यसले भने जस्तो कार्य गर्न सकेन । यस कारण राप्रपाबाट अधिकांश राष्ट्रवादी देशभक्त नेपाली जनता रुष्ट छन् । यस कारण अब हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा एक मजबुत शक्ति बन्नु जरुरी छ । यो कार्य एकीकृत नेपाल पार्टीले गर्न सक्यो भने ठीक, गर्न सकेन भने यसको लागि सबै राष्ट्रवादी शक्ति एकताबद्ध हुनु पर्ने जरुरी छ ।
नेपाल परापूर्व कालदेखि हिन्दु राष्ट्र थियो सम्पूर्ण नेपालीलाई एकताको सूत्रमा बाँध्ने शक्ति राजसंस्था थियो यस कारण पुरानो इतिहासलाई दोहो¥याउन सबै राष्ट्रवादी शक्ति एक हुनु पर्ने अब जरुरी भई सकेको छ । अब निर्वाचनको समय नजिकिँदै गई रहेको छ निर्वाचनको समय छद्मवेसीको रुप धारण गरी विदेशीको ईशारामा कुनै राजनीतिक दल हामीलाई सम्झाउन बुझाउन आउँछ भने उनीसँग प्रश्न गर्नाेस् तिम्रो पार्टीको हिन्दु राष्ट्र, राजसंस्थाको पक्षमा धारणा के छ त्यसले यसको विपक्षमा बोल्छ भने त्यस्तो राजनीतिक दलको अपमान गरी पठाउने कार्य शुरु गरौं ।
हिन्दु राष्ट्र र हिन्दु राजा बिनाको नेपाल अपुरो लागी रहेको छ यस कार्यलाई पुरा गर्न राष्ट्रवादी देशभक्त शक्ति एक हुनु पर्छ । अब हामी चुक्नुहुँदैन हिन्दु राष्ट्र र राजसंस्थाको स्थापना अभियानलाई अर्जुन दृष्टि राखी पुरा गर्नुपर्छ अनि मात्र वैभवशाली र समृछ अखण्ड नेपाल राष्ट्रको परिकल्पना पुरा गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *