
कपिलवस्तु, २१ भाद्र – कपिलवस्तु जिल्लाको कृष्णनगरमा आउन लागेको महान पर्व हरितालिका तिजको अवसरमा कृष्णनगर नगरपालिका वडा नं १ मा शुभकामना आदान प्रदान, नाचगान तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ l
होटल तथा रेस्टोरेंट व्यवसायी संघ कपिलवस्तु, कृष्णनगरको आयोजनामा तिज विशेष कार्यक्रम आज साेमबार सम्पन्न गरिएको छ ।
शिवप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे प्रमुख अतिथि कृष्णनगर नगरपालिका नगरप्रमुख रजतप्रताप शाह, अतिथिहरूमा इन्डो नेपाल सामाजिक मञ्चका अध्यक्ष तथा जसपा नेपाल लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठान, उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष रामकुमार कौलापुरी, वडा अध्यक्ष संजय गुप्ता, रविंद्र गुप्तालगायतकाे सहभागिता रहेकाे थियाे ।
कार्यक्रमको शुभारम्भ राष्ट्रिय गानद्वारा गर्दै अतिथिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले सभ्यता र संस्कृति बचाउन नारीहरुको बिशेष योगदान रहेको बताउँदै आफूबाट हुने सक्ने सहयोग सधै गर्ने बताउनुभयो l कार्यक्रममा बोल्दै अकरम पठानले हरी तालिका तिजको शुभकामना दिदै सबै नारीहरुप्रति उच्च सम्मान रहेको बताउँदै आफूबाट हुन सक्ने सहयोग सधै गर्ने बताउनुभयो l
कार्यक्रममा प्रमुख अतिथि लगायत अन्यले आउँदै गरेको हरीतालिका तिजको शुभकामना ब्यक्त गरेका थिए । नेपालमा हरितालिका तीज धूमधामका साथ मनाइन्छ । विवाहित महिलाले सुखी दाम्पत्य र आफ्नो पतिको दिर्घायुका लागि व्रत बस्दै विधि अनुसार पूजा अर्चना गर्ने गर्दछन् ।
कार्यक्रममा स्वागत मन्तव्य भुमा घिमिरेले गर्नु भएकाे थियाे l सागरमाथा टुर एण्ड ट्राभल्स, लुम्बिनी हिमालय ट्रभल्स, अपसन लुम्बिनी ट्रभल्स, न्यू सुपादेउराली मां टुर एण्ड ट्राभल्स, अचार्य टुर एण्ड ट्राभल्स, दुर्गेश्वरी टुर एण्ड ट्राभल्स, सोनी टुर एण्ड ट्राभल्स, राज डिजेको कार्यक्रममा सहयोग रहेको थियो l
उक्त कार्यक्रममा महिलाको अधिकांश उपस्थित रहदै, समाजसेवी, पत्रकार, स्थानीय, सुरक्षाकर्मी लगायतको उपस्थित रहेकाे थियाे । कार्यक्रमको सञ्चालन लालमणि भूषालले गरेका थिए । लक्ष्मण भुषाल, पुरषोत्तम घिमिरे, कमल जिसी, टोपबहादुर विसी, हिरामणी घिमिरे, अनन्त घिमिरे लगायतको कार्यक्रमलाई सफल बनाउन बिशेष योगदान रहेको थियो l
