Friday, April 17सत्यम खबर
Shadow

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र समाजवादी पार्टीमा प्रवेश

मनोजकुमार कौशल
नेपालगन्ज, १४ भाद्र – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रमा आ–आफ्नो पार्टी परित्याग गरी दर्जनौं व्यक्ति समाजवादीमा पार्टीमा प्रवेश गरेका छन् ।
बिहीवार दिन बाँकेगाउँमा रहेको समाजवादीको पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी करीब २५ जना व्यक्तिले पार्टी प्रवेश गरेका छन् ।
समाजवादी पार्टीले आयोजित गरेको उक्त पार्टी प्रवेश कार्यक्रम सालिगराम पाठकको अध्यक्षतामा भएको थियो । यस कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी इन्चार्ज कर्णजीत बुढाथोकीले भने, हाम्रो पार्टी वैज्ञानिक तवरले समाजवाद ल्याउन अभियान चलाएकोले यसप्रति जनताको रुझान बढेको छ । यस कारण अन्य पार्टीका कार्यकर्ता आफ्नो पार्टी परित्याग गरी यसमा प्रवेश गरी रहेका छन् । हामी जनताको इच्छा र चाहना अनुसार काम गर्नेछौं भनि प्रतिबद्धता जनाए ।


सो कार्यक्रममा माक्र्सवादी पोलिटब्यूरो सदस्य वैद्यनाथ मिश्रा, प्रदेश इन्चार्ज बाकर अली राई, प्रदेश अध्यक्ष सिंहराज बिक र पार्टी सदस्य सलमान राई, वाइसिएल प्रदेश अध्यक्ष साहिल शाह, क. भगत लगायत करीब १०० जना भन्दा बढीको सो कार्यक्रममा उपस्थिति रहेको थियो ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र समाजवादीले जनजागरण ल्याउने अभियान देशभरी नै चलाएको छ । त्यसले वैज्ञानिक समाजवाद स्थापनाको लागि जनविद्रोह मार्फत वैचारिक राजनैतिक संगठनात्मक आर्थिक संघर्ष र अन्तर्राष्ट्रिय आधार तयार गर्ने कुरामा काम गरी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *