Wednesday, April 15सत्यम खबर
Shadow

मुद्रण महासंघको प्रदेश समिति गठन

नेपालगन्ज, १४ भाद्र – नेपाल मुद्रण उद्योग महासंघ लुम्विनी प्रदेश कमिटी गठन गरिएको छ । लुम्विनी प्रदेशका मुद्रण व्यवसायीहरुलाई संगठित गर्नका लागि प्रदेश राजधानी दाङको भालुवाङमा सम्पन्न प्रदेश स्तरीय भेलाले महासंघको २१ सदस्यीय प्रदेश समिति गठन गरेको हो ।
नेपाल मुद्रण उद्योग महासंघका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश संयोजक विष्णु तिवारीको अध्यक्षतामा सम्पन्न लुम्विनी प्रदेश स्तरीय भेलाले रुपन्देहीका मुद्रण व्यवसायी कृष्ण पराजुलीको नेतृत्वमा सर्वसम्मत रुपमा गठन भएको समितिको प्रथम उपाध्यक्षमा बाँकेका पूर्णलाल चुके र उपाध्यक्षमा रुपन्देहीका घनश्याम घिमीरे, सचिवमा बाँकेका सि.एम. उपाध्याय, कोषाध्यक्षमा दाङका गिरिराज आचार्य र सह–सचिवमा रुपन्देहीका डिल्ली नारायण पाण्डे चयन भएका छन् ।


नवनिर्वाचित सचिव उपाध्यायका अनुसार शुक्रवार सम्पन्न प्रदेश स्तरीय भेलाद्वारा प्रदेश भित्रका १२ जिल्लाका १÷१ जना सदस्य राखिएको छ । सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
त्यसैगरी सदस्यहरुमा बाँकेका हरिप्रसाद ज्ञवाली, पाल्पाबाट जगदिश भट्टराई, रुपन्देहीबाट निर्मल अर्याल, कपिलवस्तुबाट जि.पि. पाण्डे, दाङबाट गजेन्द्र वली, बर्दियाबाट मेघराज सिग्देल चयन भएको जनाइएको छ । बाँकी सदस्यहरु समितिको बैठकले मनोनयन गर्ने सचिव उपाध्यायले जानकारी दिए ।


गजेन्द्रबहादुर वली, मेघराज सिग्देल, जगदिश भट्टराई, गुमानप्रसाद पाण्डे र निर्मल आचार्यलाई चयन गरिएका महासंघका संस्थापक सचिव तथा केन्द्रिय सल्लाहकार खेमराज लुइँटेलको संयोजकत्वमा गठित निर्वाचन मण्डलमा पूर्व केन्द्रिय सदस्यद्वय बाँकेका कुशुम बस्नेत र दुर्गा भण्डारी थिए ।
महासंघकी केन्द्रिय सदस्य मीना सुवेदी ढकालले सहजीकरण गर्नु भएको उक्त भेलामा महासंघका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश संयोजक विष्णु तिवारी, महासंघका केन्द्रीय सदस्य गिरिराज गैरे, नवनिर्वाचित प्रदेश अध्यक्ष कृष्ण पराजुली, नेपाल मुद्रण व्यवसायी संघ बाँकेका अध्यक्ष विनोद पौडेल, रुपन्देही मुद्रण संघका अध्यक्ष हरि पहारी, बर्दियाका अध्यक्ष महेश अधिकारी लगायत मुद्रण व्यवसायीहरुले महासंघले मुद्रण व्यवसायीको हकहित र अधिकारका लागि केन्द्र र प्रदेश सरकारमा पहल र दवाव सिर्जना गर्नुपर्ने आवश्यकतामा जोड दिएका थिए ।


कार्यक्रममा बोल्दै महासंघका केन्द्रीय उपाध्यक्ष विष्णु तिवारीले व्यवसाय प्रर्बद्धनका लागि व्यवसायीक एकता नै प्रमुख आधार रहेको हँुदा त्यसमा जोड दिनुभयो । तिवारीले प्रदेश स्तरीय समस्याहरुको पहिचान गरि प्रदेश सरकारसंग पुरा गराउनेतर्फ लाग्न आग्रह गर्नु भयो ।
व्यवसायी–व्यवसायीवीचको अस्वश्थ प्रतिस्पर्धाले गर्दा व्यवसाय धारशाही बन्नुका साथै प्रविधिको प्रयोग र राज्यका नीतिगत समस्याहरु हटाउन नसकिएको गुनासो उनीहरुको रहेको छ ।
महासंघका संस्थापक सचिव खेमप्रसाद लुइटेलले राज्यका गलत नितिका कारण व्यवसायमा बाधा उत्पन्न भएको बताउँदै त्यसका सुधार गर्न महासंघले पहल गर्नु पर्ने सुझाव दिनुभयो । उहाँले हामी बीचको अस्वथ्य प्रतिस्पर्धाका कारण हामी आफै साधुरिदै गएको हुँदा त्यसमा तत्काल सुधार गरेर सहयोगिको भावनाको विकास गर्न आग्रह गर्नु भयो ।
भेलामा बोल्ने वक्ताहरुले हिजोको परम्परागत शैलीमा व्यवसाय सञ्चालन गर्दा त्यसको लगानी र प्रतिफलका बारेमा जानकार हुन नसकेको उल्लेख गर्दै एकअर्कामा सहयोगी भावनाको विकास हुन नसक्दासम्म व्यवसायमा प्रगति हुन नसक्ने उनीहरुको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *