
विद्रोही
नेपालगन्ज, ७ भाद्र – नेगउमनपा ६ नं. वडामा रहेको फुल्टेक्रा मावि प्रस्तावित बाबुराम लौघर महतो माविको नयाँ विद्यालय भवन तथा शौचालय निर्माण कार्यमा भारी अनियमितता भएको खबरले वडा नं. ६ का स्थानीय वडावासीहरुले यो अनियमिततापूर्ण कार्यको छानबीन हुनुपर्ने माग गर्न शुरु गरेका छन् । बाँकेका स्थानीय व्यक्ति माधवराम बर्मा एवं फुल्टेक्रा मावि वि.व्य.स. सदस्य ओमप्रकाश श्रीवास्तवबीच केही शर्त सहित करिब ७ करोड मूल्य बराबरको ०–१४–१५ जग्गाको भोगाधिकार विद्यालयलाई निःशुल्क प्राप्त भएपछि त्यहाँ १७ कोठाको नयाँ भवन शौचालय खाल्डो जमिनलाई माटोले पुर्न पूर्वतर्फ बाउण्ड्री वाल लगाउने कार्यको तयारी गरिएको थियो ।

फाईल फोटो
सो भवन निर्माणका लागि रु. ३६ लाख प्रति शौचालय ७ लाखका दरले बजेट संघीय सरकारबाट स्वीकृत गरिएको थियो । प्रस्तावित बजेट अनुसार भवन नं. १ तर्फबाट ३६ लाख, जनसहभागितातर्फ २९८७३२.९७ गरी जम्मा ३८९८७३२.९७ भवन नं. २ तर्फ संघीय सरकार तर्फबाट ३६०००००, जनसहभाष्गितातर्फ २९८३७२.९७, शौचालय २ वटातर्फ संघीय सरकारतर्फबाट १४०००००, जनसहभागिता तर्फ रु. ६९८१७.९२ गरि जम्मा रु. १४२९८१७.४२, माटो पटानतर्फ नेगउमनपा तर्फबाट रु. ३२५०००, जनसहभागितातर्फ रु. १८०७८.४५ गरी जम्मा रु. ३४२०७८.४५, निकासा विवरण नेगउमनपाबाट प्राप्त निकासा अनुसार रकम रु. ३५१४२३८, शौचालयतर्फ निकासा रकम रु. १३५३९२६, माटो पटानतर्फ निकासा रकम रु. २७४९०० गरि जम्मा प्राप्त रकम रु. ८६८८००७ रहेको छ ।
यसरी खर्च विवरण भवन नं. १ तर्फ जम्मा खर्च रकम रु. ३६४६९४३, भवन नं. २ तर्फ जम्मा खर्च रकम रु. ३६२०९४०, शौचालयतर्फ जम्मा खर्च रकम रु. १३५३९२६, माटो पटानतर्फ खर्च रकम रु. २९१९०० र जम्मा खर्च रकम रु. ८९१३७०९ देखिन्छ ।
यसरी विद्यालय तर्फबाट भवन निर्माणमा रु. १४०७०२ र माटो पटानमा रु. १७००० गरि जम्मा रु. १५७७०२ खर्च गरिँदै वि.व्य.स. तथा सामुदायिक सहयोगबाट रु. ६८००० बराबरको नयाँ भवन निर्माण सामाग्री खर्च भएको देखाएको छ ।

फाईल फोटो
विद्यालय भवन निर्माण कार्य भइ रहँदा सडक विवाद उत्पन्न भयो जसपछि निर्माण कार्य सम्पन्न भइ रहँदा समय भारी अनियमितता भएको आरोप प्रत्यारोप लाग्न शुरु भएको छ ।
यस निर्माण कार्यमा खर्च भएको रकमबारे जानकारी पाउन सूचना माग गरियो । यसबाट विद्यालय वि.व्य.स. को हातखुट्टा सुन्निन शुरु भयो ।
सूचना दिए तमाम किसिमको आरोप झेल्नुपर्ने डरले गत हप्ता विद्यालयले एक प्रेस नोट जारी गरी भएको अनियमितताको ढाकछोप गर्ने प्रयास गरेको छ अब यो अनियमितताको छानबीन हुनुपर्ने माग चरम ढंगले उठ्न थालेकोले जाँच कार्य अघि बढ्ने सम्भावना बढेको छ ।
निष्पक्ष ढंगले छानबीन भए यहाँ भएको अनियमितताको जानकारी सार्वजनिक हुने अनुमान गर्न थालिएको छ । (स्रोतः आजको सामना साप्ताहिकबाट)
