Monday, April 13सत्यम खबर
Shadow

समाजसेवी बर्माकाे जन्मदिन साहू समाजद्वारा मनाईयाे

नेपालगन्ज, ६ भाद्र – नेपालगन्ज उपमहानगरपालिका वार्ड नंं–६ निवासी दानवीर तथा समाजसेवी माधवराम बर्माको जन्मदिनको अवसरमा साहू समाज जिल्ला कार्य समिति र युवा समितिले संयुक्त रुपमा केक काटेर जन्मदिन मनाएका छन् ।

नेपालगन्ज उपमहानगरपालिका वार्ड नंं–५ स्थित साहू समाज समितिद्वारा निर्मित श्रीराधा कृष्ण मन्दिर स्थित साहू समाज समितिको धर्मशालामा भाद्र ५ शनिवार एक कार्यक्रमका बीच समाजसेवी माधवराम बर्माको ५६ वर्ष पूरा भएर ५७ औं वर्षमा प्रवेश गरेको अवसरमा केक काटेर जन्म दिन मनाएका छन् ।

साहू समाज समितिका सहसचिव प्रदीप शाहद्वारा सञ्चालित कार्यक्रममा साहू समाज समिति जिल्ला कार्य समितिका अध्यक्ष हंशराम साहू, युवा समितिका अध्यक्ष राम किसुन साहु लगायतले साहू स्वजातीय बन्धुहरुले समाजसेवी माधवराम बर्मालाई केक खुवाउँदै जन्मदिनको शुभकामना दिएका थिए ।

यसरी कार्यक्रममा समाज उपाध्यक्ष बिमलकुमार साहू, अधिवक्ता तथा समाजका कानूनी सल्लाहकार रामनाथ साहू, सदस्यहरुमा बाबुराम साहू (पेन्टर), रामनरेश तेली, प्रहलाद साहू (प्रेमलाल), ओमकार साहू, सीताराम साह, समाजसेवी माधवराम बर्मा, पवन जायसवाल, बृजलाल साहू, शंकर शाह, रामलोचन शाह, दिनेशकुमार साहू, मोतीलाल साहू, राजू साहू, सुनिल साहू लगायतको सहभागिता रहेको थियो ।

सो अवसरमा समाजले आउन लागेको श्रीकृष्णा जन्माष्टमी भव्य र सभ्य तरीकाले मनाउनका लागी बैठकमा सवै जनाको सहयोगले जागरण गर्ने र भण्डाराको आयोजना गर्नका लागी सहमति हुनुका साथै साहू समाजका सम्पूर्ण स्वजातीय बन्धु तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरुलाई भण्डारामा सहभागी हुनका लागी अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *