Monday, April 13सत्यम खबर
Shadow

निर्दाेष पत्रकार फसाउने घुमुवा प्रहरीलाई कानुनी कठघरामा ल्याउन महासंघको कडा चेतावनी

रौतहट, ५ भाद्र – निर्दाेष पत्रकार फसाउने घुमुवा प्रहरीलाई कानुनी कठघरामा ल्याउन महासंघको कडा चेतावनी दिएकाे छ । निर्दोष पत्रकारलाई लागु औषधको केसमा देशका रक्षक नेपाल प्रहरीले नै फसाएको सत्य-तथ्य सिसिटिभी फुटेजबाट बाहिरिएपछि नेपाल पत्रकार महासंघ राैतहट शाखाको गम्भीरतापूर्वक ध्यानाकर्षण भएको जनाईएको छ ।

नेपाल पत्रकार महासंघ राैतहट शाखाद्वारा जारी प्रेस विज्ञप्तीमा रौतहटबाट सञ्चालित रौतहट एक्सप्रेसका सञ्चालक एवम् पत्रकार महम्म्द मोजिबुल्लाह तथा सोही मोटरसाइकलमा सवार चालक रौतहटको राजपुर नगरपालिका वडा नम्बर ७ का शेष गुलावलाई साउन ३२ गते राति ८ बजेको समयमा गौर नगरपालिका वडा नम्बर १ स्थित होटल ग्रीन सिग्नलबाट नेपाल बैंक जाने रोडमा नेपाल प्रहरीले १०५ थान नाइट्राभेट ट्याबलेट लागु औषध सहित पक्राउ गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएकाे जनाईएकाे छ ।

उक्त होटल अगाडी रोकी राखेको पत्रकार मोजिबुल्लाहको मोटरसाइकलमा अपराध अनुसन्धानमा खटिएका नेपाल प्रहरीका घुमुवा प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव प्रहरी जवान मनोज साह लगायतका घुमुवा प्रहरीहरु तथा अन्य बाहिरी व्यक्तिको संलग्नता, उक्त लागू औषध घुमुवा प्रहरीले नै राखेको सिसिटिभी फुटेजबाट प्रष्ट भएको राैतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

निर्दोष पत्रकार तथा गुलावलाई तत्काल रिहाई गर्न तथा उक्त घटनाको सत्य तथ्य छानबिन गरि संलग्न प्रहरी लगायतलाई कानुनी कट्घरामा ल्याउन महासंघले जोडदार माग गरेको छ ।

भदौ ७ गते निर्दोषलाई रिहाई तथा दोषीलाई पक्राउ गरि सार्वजनिक गर्न प्रहरी समक्ष नेपाल पत्रकार महासंघ रौतहटले जोडदार मागका गर्दै अन्यथा कानुनी राज्य, बिधिको शासन, मानव अधिकारको पक्षमा रहि नेपाल पत्रकार महासंघ चरणबद्ध आन्दोलनमा उत्रिने नेपाल प्रहरीलाई चेतावनी दिएको छ ।

यता उक्त घटना बरे जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपीले कुनै प्रतिक्रिया दिनबाट समेत पन्छिएका छन ।

उक्त घटनाले मुलुकको रक्षा गर्ने, अबैध गतिविधिलाई रोक्ने, शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी बोकेका प्रहरी शब्द माथी नै प्रश्न चिन्ह लगाएको छ ? अझ अपराध अनुसन्धानमा खटिएका नेपाल प्रहरीका घुमुवा नै उक्त निन्दनीय घट्नामा संगलग्न रहेको साबित भएको छ । यसका कारण पनि प्रहरीले गरेको अनुसन्धानमा पुर्ण बिश्वास गर्न अझ पनि धेरैले हिच्किचाउछन ।

घुमुवा प्रहरीसँग कहाँबाट आयो नाइअट्राभेट ट्याबलेट ? अनुसन्धान कस्ले गर्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *