
नेपालगन्ज, ४ भाद्र – मुस्लिम समुदायको मोहोरर्मको अवसरमा आज शुक्रबार भेरी अस्पतालमा फलफुल तथा पौष्टिक सामाग्री बितरण गरिएको छ । मुस्लिम समुदायका युवाहरु द्वारा सो सामग्री बितरण गरिएको हो ।
भेरी अस्पतालको कोभिड वार्ड र गाईनो वार्ड गरि १०० जना बिरामीलाई फलफुल पानी ग्लुकोज ड्राई फ्रुट लगायतका सामग्री वितरण गरिएको आयोजकले जनाएको छ । मुस्लिम युवाहरूले ईस्लामले कर्बलाबाट पाएको एकता शान्ति सद्भाव तथा आपसी भाईचाराको सन्देशलाई समाजमा प्रवाह गर्ने उद्देश्यले सो कार्यक्रम गरिएको समुहका युवा मो.आसिफ अन्सारीले बताउनु भयो ।
पैगम्बरे इस्लामका नाति हजरत ईमाम हुसैनलाई आजैको दिनमा कर्बलामा शहिद गरेको सम्झ्नामा ईमाम हुसैनले दिएका सन्देश आजको युवाहरुलाई बुझाउन आवश्यक रहेको समाजसेवी तथा युवा अभियन्ता साहिल अन्सारीको भनाई छ।
भेरी अस्पताल बिकास समितीका सदस्य कृष्णप्रसाद श्रेष्ठले कामको प्रशंसा गर्दै मुस्लिम समुदायका युवाहरुले मोहरर्मको अवसरमा यस्तो मानवीय कामले अस्पतालमा भर्ना भएका बिरामीलाई सहयोग पुग्नुका साथै मानसिक मनोबल समेत बढेको जिकिर गर्नुभयो । सो बितरण कार्यक्रममा समाजसेवी तथा अधिकारकर्मी रचना श्रेष्ठ, चिकित्सक शिक्षा अध्ययनरत अजहर हुसैन फारुकी युवा अभियन्ता, ईबरार खान अंकित श्रीवास्तव, समीर अलि बेहना, बिज्ञान बराल, अभिषेक हलवाई लगायतका युवाहरुको उपस्थिति रहेको थियो ।
सोहि सन्दर्भमा सो समुहले नेपालगन्जको विभिन्न चोकहरुमा आजै सुरक्षाकर्मीहरुलाई पानी तथा बिस्कुट बितरण गरेको छ।
