Saturday, April 18सत्यम खबर
Shadow

कोभिड–१९ बारे सचेतना अभियान

नेपालगन्ज, ३० श्रावण – विश्व कोभिड–१९ कोरोना भाईरसको संक्रमणबाट ग्रस्त भएको अवस्थामा बाँके जिल्लामा समेत विगतले भयावाह अवस्था देखाईएकोलाई ध्यानमा राखी कोभिड–१९ कोरोना भाईरसको तेस्रो भेरियन्टबाट जोगिन सचेतना अभियानको आयोजना गरिएको छ ।


नेपालगन्ज उपमहानगरपालिका भन्सार कार्यालय अगाडी हुँदै सीमानाका सम्म कोभिड–१९ सचेतना अभियानको आयोजना बि¥योंसेल्फ नेपालगन्ज बाँके लुम्बिनी प्रदेशको आयोजनामा आज शनिबार सम्पन्न गरिएको छ ।
आज आयोजना गरिएको अभियानमा तपाईको मास्क खोई ? मास्क लगाऔं, जीवन बचाऔंलगायतको स्लोगन लगाईएको ब्यानर टाँगी युवाहरु सचेतना ¥याली आयोजना गरी मास्क बाड्दै अभियान सञ्चालन गरिएको संस्थाका अध्यक्ष अनुपा चौधरीले बताउनुभयो ।


आयोजक संस्थाका उपाध्यक्ष प्रेक्छा के.सी., सचिव शिवम् शाह, कोषाध्यक्ष विजय कोरी, सदस्यहरुमा मधु शाह, रोशी श्रेष्ठ, सुप्रिया शाह, दिलिप शाह, रविन आचार्य, अमित कौशल, उत्तम वैश्य, राजीव अधिकारी, सिदार्थ भारती, अनिता बस्नेत, करन शाह, शेखर जोसी, सुशान्त श्रेष्ठ, राविन वली, लक्ष्मण पौडेल, सम्भव थापा, लक्षक वि.क., दिपेन्द्र शाहलगायतको सहभागिता रहेको अध्यक्ष चौधरीले जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *